इलामका घुम्नै पर्ने केहि ठाउँ (हेर्नुहोस तस्विरमा )



गीताञ्जली दाहाल

काठमाडौ । इलाम एक पर्यटकीय हिसाबले भरिपुर्ण क्षेत्र मानिन्छ ।रमरणिय बातावरण,हरियाली चियाबारी सहित होचाथुम्का डाँडाकाँडाले पर्यटकको मन लोभ्याउछ ।भौगोलिक बनोट चिया बगान सुधारिएको जीवन सैली,धार्मिक क्षेत्र,जातिय संस्कृति,तालतलैया सिमसार जस्ता ठाउँले पर्यटकहरुलाई तान्ने गरेको छ ।

लिम्बु जातिहरुको बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट गरिएको मानिन्छ । लिम्बु भाषामा इलाम शब्द, दुई शब्दको संयोजन भइ बनेको छ । जसमा ‘इ’को शाब्दिक अर्थ घुमाउरो र ‘लाम’को शाब्दिक अर्थ बाटो अर्थात इलामको अर्थ घुमाउरो बाटो हुन्छ । यस अर्थलाई पुष्टि गर्ने झापाको चारआली देखि इलाम जादा धेरै घुमाउरो बाटोको यात्रा गर्नु पर्दछ । इलाम वास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । यँहाको चियाबारी, हरियाली वातावरण,साना–ठूला नदी–नाला, पोखरी, मठ–मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरताले गर्दा पर्यटकहरुका लागी आकर्षणको केन्द्र बन्ने गरेको छ ।धार्मिक,सांस्कृतिक कुरामा इलाम निक्कै आगाडी रहेको छ।

इलाम झापाको चारआलीबाट मेची राजमार्ग भएर जानु पर्दछ। झापाको बुधबारे बाटै इलाम सुरु भई कोल्बुङबाट पर्यटकीय स्थलहरुसुरु हुन्छ । साविक कोल्वुङ रोङ गाउँपालिका झापा र इलामको सिमाना हो । जहाँ सडकमानै जोरकलश गेटले इलाम जानेहरुलाई स्वागत गरेको छ । हर्कटे र कन्याम इलाम जिल्लाको प्रवेशद्वार हो । जोरकलश गेट पार गरे पछि पाथीभरा, कन्याम, फिक्कल, तिनघरे इलाम भंज्याङ हुदै इलाम वजार पुगिन्छ । तिनघरे र इलाम वजारको बिचमा पर्ने माईखोला माच्छाको लागी प्रख्यात मानिन्छ ।सांस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरुमा समृद्ध रहेको इलाम पहाडकी रानी, नगदेबालीको खानी जस्ता उपनामले पनि चिनिन्छ ।

अर्को तर्फ इलामलाई ८ ुअु को जिल्ला भनेर पनि चिनिन्छ । जसमा अ को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन ९दुध०, अम्लिसो , आलु र अतिथि सत्कार हुन्छ । इलामलाई सूर्योदयको जिल्ला भनेर पनि चिनिन्छ । यहाँबाट सूर्य उदाउँदै र अस्ताउँदै गरेको दृश्य देख्न सकिन्छ । अर्को तर्फ इलामले सुन्दरतासँगै नेपाली गीत–संगीतमा थुप्रै कर्णप्रिय स्वरलहरी र कलाकार जन्माएको छ ।त्यस्तै इलामका केहि घुम्न पर्ने ठाउहरु !

 

 

पाथीभरा 

पाथीभरा पूर्वाञ्चलको धार्मिक पर्यटकीय स्थल हो। समुद्री सतहबाट १८०० मिटरको उचाईमा अवस्थित पाथिभरा धार्मिक महत्व बोकेको स्थल हो। कुटीडाँडा र हाँसपोखरीको चुचुरोमा पर्ने यस ठाउँमा मन्दिर रहेको छ।  चारालीबाट उत्तर  मेची राजमार्ग  हुँदै २ घण्टामा  पुग्न सकिन्छ । कुटीडाँडाबाट करिब २० मिनेट सिंढी खुट्कीला उक्लेपछि पाथीभरा देवीको मन्दिरमा पुग्न सकिन्छ। मौसम सफा भएको बेला ताप्लजुङको पाथीभराको समेत दर्शन गर्न सकिने भएकोले यसलाई बहिनी पाथिभराको रूपमा लिने गरिएको छ । मन्दिर नजीकै रहेको रमिते टावरबाट तराइका समतल फाँटहरू, इलामका नागबेली चियावारी, भारत, भुटान र बङ्गलादेशसम्मका भू–भागहरू खुल्ला आँखाले नियाल्न पाइन्छ। साथै यहाँबाट विश्वको तेश्रो अग्लो हिम शिखर कञ्चनजङ्घा तथा ताप्लेजुङ्गको ठूलो पाथीभरा पनि देख्न सकिन्छ।

सन्दकपुर
पुर्बाअञ्चलकै प्रमुख गन्तब्य मध्ये एक हो सन्दकपुर। इलाम जिल्लाको उत्तरी भारत सिमावर्तीमा रहेको सन्दकपुर ३६३६ मिटरको उचाइमा रहेको छ ।यहाँबाट सगरमाथा,कञ्चनजंघा ,भारत,भुटानका विभिन्न हिमाल हरु देख्न सकिन्छ । सुर्योदय लार्इ नजिकै बाट नियाल्ने ठाउँले परिचित छ भने चैत बैसाखमा डाँडा भरि फुलेको गुराँस हेर्ने ठाउँ हो सन्दकपुर।विशेष गरि अशोज देखि जेठसम्म यहाँ पर्यटकको घुइचो लाग्ने गर्दछ । यहाँ जाने पर्यटकको लागि व्यवस्थित होटल लज संचालनमा छन्।


माईपोखरी
इलामको अर्को रमणीय ठाउँ हो माईपोखरी ।यो इलाम जिल्लाको उत्तरी भेगमा रहेको छ ।पूर्वाञ्चलभरि ख्यातिप्राप्त इलामका चार माई जोगमार्इ, महमार्इ, पूवामार्इ र देउमार्इको बीचतिर दुई हेक्टरको जलाशय र वरिपरिको १० हेक्टर वनक्षेत्रमा माइपोखरी धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास भएको छ ।नौ कुना मा छरिएको माइपोखरीमा नवदुर्गाको बास रहेको विश्वास गरिन्छ ।यहाँ दुर्लब जन्तु,बोटबिरुवा र तिन सय प्रजातिका चराचुरुंगी पाहिन्छ। यहाँ पाठपुजा र मनोरम दृश्य अबलोकनका लागि दैनिक हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् ।

श्री अन्तु
सुर्योदय हेर्ने नेपालकै उत्कृष्ट ठाउँ हो श्रीअन्तु । इलाम जिल्लाको पुर्बी क्षेत्र मा रहेको यो ठाउँ सात हजार छ सय ३६ फुट उचार्इमा रहेको छ ।मेची राजमार्गको फिक्कलबाट १३ किलोमिटर पार गरेपछि श्री अन्तु पुगिन्छ ।लोपन्मुख लेप्चा जातिको बसोबास,संस्कृति,अन्तु पोखरी,हराभरा चियाबारी,हरिया डाँडाकाडा ले गर्दा पर्यटक को घुइचो लाग्ने गर्छ। भौतिक विकाषले पनि आग्रणि क्षेत्र हो अन्तु,असोज देखि आकाश खुल्ला हुने भएको ले यहाँ हिउँद्को महिना पर्यटकहरुको चाप धेरै हुने गर्दछ।

कन्याम
इलामको मुख्य पर्यटकीय केन्द्रबिन्दु हो कन्याम। मेची राजमार्ग संगै रहेको कन्याम सुर्योदय नगरपालिकामा पर्दछ।हरियाली चियाबगान सहितका डाँडा ,घुमाउरो बाटो र सल्लाको रुखले सबैलाई मोहित बनाउने गर्दछ ।कन्याम बनभोजको लागि उत्कृष्ट मानिन्छ।कन्याम संगै हासपोखरी,कुटीडाँडा,पाथिभरा मन्दिर,करफोक क्षेत्र आत्यधिक चिसो क्षेत्र पनि हो।तराईका क्षेत्र बाट नजिक रहेको यो ठाउँमा सितल ताप्ने मान्छे हरु बढी हुने गर्दछन।विभिन्न गीतको भिडियो,फ्लिम सुटिंग को लागि प्रमुख ठाउँ मानिन्छ कन्याम ।

गजुरमुखी
इलाम जिल्ला गजुरमुखी गाउँ बिकास समिती अन्तरत तोभाङ गाउँको पुछारमा देउमाई खोला किनार पहरोमा गजुरमुखी देवीको धाम अवस्थित छ। ‘सन्तान दायिनी, वाक्य दायिनी” भनी चर्चित यी देवीको धाम इलाम सदरमुकामदेखि १३ कोष पश्चिमको दूरीमा रहेको छ। गजुरमुखी धामसम्म जान इलाम सदरमुकामबाट मंगलबारे बजार हुँदै धुसेनीबाट मन्दिर पुग्ने मोटरबाटो रहेको छ । पहाडको एक गुफामा रहेको मुख्य थान यहाको मुख्य आकर्षण हो। सानो ढुङ्गाको चेपमा रहेको मुख्य मन्दिर पुग्न प्रवेश द्वार वाट बीस खुड्किलो उक्लिए पछि पुगिन्छ।

यस्तै छिन्तापु,ढापपोखरी,सिद्धिथुम्का,माङसेबुङ,भालुढुंगा,इलाम बजार,झ्याउपोखरी,गुफाथुम्की, पानिटार जस्ता पर्यटकीय स्थल रहेका छन्। काठमाण्डौबाट ८५० कि।मी। दुरी रहेको इलाम बजार एक पल्ट पुग्नै पर्ने ठाउँ रहेको छ।शुद्ध दूधबाट बनेको मिठाईं ललिपप इलामको चर्चित परिकार हो भने गुणस्तरीय छुर्पी विभिन्न किसिमका चिया ग्रिन टी, ह्वाइट टी र ब्ल्याक टी,अकबरे खुर्शानी इलामका विशेषता हुन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्