सगरमाथा चढ्ने पहिलो अरबी बने फहद बदर



काठमान्डौ । कतारी युवा फहद बदर विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो शिखर ल्होत्से आरोहण गर्ने पहिलो अरबी बन्दै इतिहास रचेका छन् । बिभिन्न क्षेत्रमा विशेषगरी खेलकुदमा कतारको लागि इतिहास रच्ने क्रममा उनले आफ्नो एउटै यात्रामा २४ घण्टा भित्र ती दुई हिमाल चढेका हुन् । “सगरमाथा आरोहण गर्ने बदर दोस्रो र एकैपटक दुई हिमाल चढ्ने पहिलो अरबी बनेका छन् ।”

संस्कृति तथा खेलकुद मन्त्रालयले आफ्नो ट्विटरमा लेखेको छ । यसअघि उनले ती दुई हिमालमा कतारी झण्डा फहराउने बताएका थिए । सगरमाथा चढ्ने पहिलो कतारी नागरिक भने शेख मोहम्मद अल थानि रहेका छन् ।

त्यस्तै सगरमाथाको सफल आरोहण गर्ने प्रथम ओमानी महिलालाई नेपाली दूतावास ओमानले स्वागत तथा सम्मान गरेको छ ।

सर्वोच्च सगरमाथाको सफल आरोहण गरेकी ओमानी महिला नादिरा अल हार्थीलाई ओमानमा स्वागत गर्दै दूतावासले सम्मान गरेको हो ।

मे २३ ९बिहीबार० का दिन सगरमाथा आरोहण गरेकी हार्थीलाई मस्कटमा रहेको अन्तरास्ट्रिय विमानस्थल मै पुगेर ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र उनका श्रीमान विमल ढकालले नेपाली ढाका टोपी र नेपाली ढाका खाष्टो ओढाएर विशिष्ट कक्षमा सम्मान गर्नुभएको नेपाली दूतावास ओमानले जनाएको छ ।

ओमानी महिलाले सगरमाथा चढ्नु दुई देशीय सम्बन्धमा थप प्रगाढता थपेको र नेपालको पर्यटन विकासमा थप सहयोग पुग्ने ओमानका लागि राजदुत शर्मिला पराजुली ढकालले बताए ।

यसअघि सन् २०१० को मे २३ मै पहिलो ओमानी पर्वतारोही खालिद अल शियाबीले सगरमाथा आरोहण गरेका थिए । शियाबीको ४६ वर्षको उमेरमा गएको वैशाखमा हृदयघातका कारण ज्यान थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्