‘कतार’ भिजासेन्टर (QVC) के हो ?



कमल डि सी। 

कतार बाट भिजा प्राप्त गर्नु पूर्व स्वदेशमा नै उस्को मेडिकल, उस्को औठाछाप जाच र, उस्को करार पत्र र उस्को आइडी निच्चित गरिने प्रारम्भिक प्रकृयाको काम यो कतार भिसा सेन्टर (Qatar Visa Center) ले गर्दछ।

रोजगारदाता कम्पनी हरुले आफ्नो कम्पनीको लागी आबस्यक पर्ने कामदारको राहदानी सन्कलन गरी भिजा प्रोसेस गरिसकेपछी उक्त प्रकृयाको थालनी हुन्छ र स्वयम रोजगारदाता कम्पनिले नै उक्त रकम भुक्तानी गरिसकेपछी मात्र मेनपावर सस्थाले कामदारलाई उक्त प्रकृयामा सहभागी गराउने सिस्टम उक्त भिजा सेन्टरमा छ । यो सिस्टम स्वयम कतार सरकारले नै सन्चालन गरेको छ ।

यस्को सिस्टम हेर्दा मुख्य त आफ्नो देशमा बिदेशी कामदार लाई ब्यबस्थित गर्ने ,कामदारहरु भिजा प्राप्त गरेर कतार सम्म पुग्ने, तर आइडी नै नबनाइ कती गैरकानुनी ढङ ले बस्ने जस्को कारण अराजक गतिबिधी नियन्त्रन गर्न असजिलो भएकोले सबै क्षेत्र बाट ब्यबस्थित गर्न यस्को जरुरी भएको ठानेर यो नियम ल्याएको देखिन्छ ।

अझ त्यो भन्दा पनि खास कुरा हजारौ झोले कम्पनी निर्मान गर्ने, तिनै झोले कम्पनीको नाउ बाट मान्छे भित्र्याएर अब्यबस्थित ढङले फ्री(Azad) छोडदिने परिपाटिको अन्त्यय गर्न पनि यो ब्यबस्थाले सघाउ पुर्याउने देखिन्छ्।

कतार भिजा सेन्टर (Qatar Visa Center) भारत, बाङ्ग्लादेश, पाकिस्तान, श्रीलन्का लागाएत देशमा पहिले नै लागु भइसकेको छ।यसको सही तरिकाले प्रयोगमा आयो भने बेफाइदा भन्दा फाइदा नै धेरै छन् ।

रोजगारदाता कम्पनी बाठा बन्ने र नेपालका मेनपावरले मेडिकल खर्च करिब १८००० हामी आफै खर्च गरेर (पहिले नै अकाउन्टमा जम्मा गरिदिन्छौ ) कामदार पठाइदिन्छौ! “भिजा अन्लाईन देखिने बित्तिकै कम्पनीको अकाउन्टमा पैसा जम्मा गरिदिन्छौ” भन्ने जस्ता भिजाकै लागी प्रतिस्प्रधा गरे भने आर्थीक बेथिती निकै हुनेछ ।अन्यथा कतीपय कम्पनीहरु कामदारलाई लामो समय सम्म आइडी, बेन्क कार्ड बेगर काम लगाउने, परिपाटिको अन्त्यय हुनेछ ।

नेपालमा भिजा दिइ कतार पुगेपछी अर्को कम्पनिमा ट्रान्सफर गर्ने, पटक पटक एउटै भिजामा मान्छे लगेर अरु कम्पनी ओसार्ने काम बन्द हुनेछ जस्ले गर्दा जो कोही कम्पनी ले कामदार लिनु पर्‍यो भने सिधा नेपाल बाटै लिने एकद्वार प्रणाली को लागु हुनेछ ।

सबै कम्पनी काम लिना नेपाल मै धाउनु पर्ने अनिबार्य हुनेछ ! जस्को आफ्नो कम्पनीमा भिजा दिनेछ उस्ले कतार पुग्नु पुर्ब नै कामदारको आइडीको लागी फिङर, मेडिकल, एगृनेन्ट प्रकृया सबै नेपाल मै सम्पन्न गर्ने छ ।

यदी उस्ले आफ्नो कम्पनीबाट अर्को कम्पनीमा एनोसी भिजामा मान्छे सप्लाई गर्न खोज्यो भने उस्को भिजा पुन उस्को कम्पनीमा फर्कने छैन जुन कम्पनिले भिजाको ब्यापार गरिरहेका छन त्यसको अन्त्यय हुनेछ ।

आजादभिजा वा .एन .ओ सि (Free visa /NOC) भिजामा जाने परिपाटीको अन्त्यय हुनेछ्जस्ले भिजा प्राप्त गर्ने छ, उसले मेडिकल गरिसकेपछी उसको भिजा पक्का हुनेछ्,कतिपय मेडिकल सेटिङ मा जाने/पठाउने र कतार पुगी सकेपछी मेडिकल अनफिट भइ स्वदेश फिर्ता हुने पर्ने समस्याको पनि अन्त्यय हुनेछ् । भिजा लगाएर नजाने ,अल्मल्लिने कुराको अन्त्यय हुनेछ ।

जस्को भिजा प्राप्त हुनेछ उस्ले मेडिकल को लागी समय पाउने बित्तिकै मिडिकल जाच गर्नु पर्नेछ, मेडिकल सम्पन्न भएको ७२ घन्टा भित्र पास भएमा भिजा रेडी टु पृन्ट ( Visa Ready to print) हुनेछ! भिजा पृन्ट भए पछी श्रम स्विकृती लिइ तुरुन्तै उडान गर्न सकिने छ ।

मेडिकलको लागी सुरुमै कम्पनीले करिब १८००० नेपाली प्रती ब्यक्ती रकम भुक्तानी गर्नु पर्ने भएको हुँदा प्री मेडिकलमा पास भएको ,समय मै उडान हुन सक्ने र काम तलब र उडान बारे निच्चित अबधिमा जान सक्ने ब्यक्तिहरुको मात्र छनौट हुनेछ्!

रोजगारिमा जाने ब्यक्तीहरु एजेन्ड बाट प्राप्त ब्यक्ती सिधा सम्पर्क, फोन सम्पर्क बाट निच्चित नगरिकन भिजा लगाइने प्रथाको अन्त्यय पनि हुनेछ्!यस्लाई बढी आर्थीक भार पार्ने बनाउने कि नबनाउने भन्ने पनि मेनपावर ब्यबसायी मै भर पर्छ् ।

मेडिकल खर्च रोजगारदाता कम्पनीले नै भुक्तानी गर्ने छ! कही कतै कुनै मेनपावरले भिजा ब्यापार पाउने उदेश्य राखी “आफै रकम तिर्छु” भन्ने जस्ता गलत नजिर बसाउन हुँदैन! बसाउनेलाई सस्थागत ढङले कार्बाही गर्ने निर्नय गरियो भने कतार भिजासेन्टर(Qatar visa center) ले मेनपावर ,जाने कामदार लाई ठुलै फाइदै हुनेछ, घाटा हुनेछैन ।

तसर्थ, यस्लाई हाम्रो ब्यबसाय ,देश र जनताको हित हुने तरवर ले उपायोग गरौ ।अनाबस्यक कुरामा प्रतिस्प्रधा नगरौ ।कामदारलाई ब्यबस्थित गर्न सक्ने कम्पनीहरुले मात्र कामदार माग गर्नेछन! जस्ले कामदार माग गर्नेछन उनिले सबै प्रकृया पुरा गरे मात्र माग गर्ने भएको हुँदा पछी आइपर्ने मेडिकल्,आइडि,बैङ्क कार्ड,लगाएतका समस्याको सिकायत मेनपावर ले बेहोर्नु पर्ने छैन ।

हाम्रो सरकारी करारनामा जे भए पनि मेडिकल नै गर्दा कतार सरकार र रोजगारदाता कम्पनिले प्रदान गर्ने सक्क्ली करार पत्रमा सहिछाप गरेर मात्र भिजा निच्चित हुने भएको हुँदा पछी “मलाई श्रम स्विकृतिमा तोके बमोजिम तलब चाहिन्छ” भनेर दुताबास धाउने मेनपावर कम्पिलेन गर्ने परिपाटिको पनि अन्त्यय हुनेछ ।

कुनै पनि निती नियम १००%फाइदा जनक हुँदैनन ।भबिस्यमा यसको असर कस्तो पर्ने छ त्यो त कुर्नु नै पर्नेछ तर मेरो बुझाइमा समग्रमा यो ठिकै हुनेछ्!

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्