मानब बेचबिखन र लैंगिक हिंसा अन्त्यका लागि सगरमाथाबाट कान्छीमायाको अाव्हान



मानब बेचबिखन र लैंगिक हिंसा अन्त्यका लागि सगरमाथाबाट कान्छीमायाको अाव्हान

मानब बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियानमा बिगत १२ बर्ष देखि कार्य गर्दै आएको संस्था आफन्त नेपालको KIN Nepal) को ब्यानर सगरमाथामा फर्फराएको छ संस्थाले नेपाल भारत सीमानाका साथै भारतबाट सयौ चेलीहरुको उद्धार, स्वदेशफि गर्दै आएको छ। आफन्त नेपालले गरेको यो कार्यको सराहाना गर्दै तेस्रो पटक सागरमाथा आरोहणमा रहेकी कान्छीमाया तामाङले आफन्त नेपालको ब्यानर लाई मे २२ का दिन बिहान ८ बजे संसारको सर्बोच्च शिखरमा तेस्रोपटक पाइला टेकेकी तामाङले उक्त झण्डा फहराएकी हुन् ।

लैंगिक समानता र छात्रा शिक्षा मार्फत महिला सशक्तीकरणको अभियानमा लागेकी अारोही तामाङका अनुसार अाफन्त नेपालले गरेको मानब बेचबिखन बिरुद्धको लडाईंलाई सगरमाथा जस्तै अधिक र अटल बनाई राख्न संस्थाको लडाईमा विश्व नै एक हुनुपर्ने संदेश सगरमाथाले दिएको छ। करीब १ महिना पहिले सागरमाथा आरोहणमा जादै गर्दा आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले सफल आरोहणको लागि सुभकामना दिदै ब्यानर हस्तान्तरण गर्नु भएको थियो।

यसरी मानब बेचबिखन बिरुद्धको लडाईमा हामी सबैको साथ र सहयोग रहेमा आफन्त नेपालले अगाडि बढाएको यो अभियान सफल हुने कान्छीमाया तामाङले बताएकी छन् । तामाङले तेस्रोपटक KIN को झण्डा सगरमाथामा फर्फराउँदा मानव बेचबिखन विरुद्ध लागिरहेका अभियान्ताहरुले गर्व महसुस गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्