“म दमाई हु भनेर गर्व गर्दिन ” !



आशिष परियार – झिल्के, म्याग्दी ।
आज जेठ २१ देशभर राज्य र समाजबाट अपहेलित समुदाय विभिन्न सचेतनाकाे कार्यक्रम राखेर आफ्ना हक अधिकार कसरी सुनिश्चित गर्ने भन्दै ” १४ जातिय भेदभाव तथा छुवाछूत उन्मुलन दिबस ” मनाईदैछ । म झलझली सम्झी रहेछ २ बर्ष देखि शिक्षण अस्पतालमा कुहिरहेकाे काभ्रेका अजित मिजारकाे लास जहाँ उपल्लो जात मानिनेसँग प्रेम गर्दा पानी नचल्ने जात भनेर हत्या गरे ! कथित उपल्लो जातको मान्छेहरूले सबै समान भै सक्यो अब जात को कुरा छोडा भनेर सामाजिक संजालमा चिया पसलमा भनिरहंदा दलित भएकै कारण धारामा पानी छोएको निहुमा स्याङ्जामा महिला वडा सदस्तले कुटिएर मर्नु पर्यो ? फेरि तपाईं हरू कुन तथ्यको आधार मा भन्दै हुनुहुन्छ सबै समान हौं जातको कुरा नगर जति समाज बुझ्ने र चेतनशील हुँदै गए पनि दमाई भनेर धारा कुवा ,मन्दिर हुँदै कुटपिट र जरिवाना तिराउने नेपाली समाजमा म कसरी दमाई हु भनेर गर्व गरु …? म गर्व गर्छु त केबल सगरमाथा र बुद्धकाे देशमा जन्मेकाे नेपाली हु भनेर गर्व गर्छु ।

ल ल अाफ्नाे निधारमा सुनार/ दमाई लेखेर हिड

यसाे भनिरहदा झिल्केले सधै जातकाे कुरा मात्र गर्छ भन्ने उपल्लो जातीका मेरा साथीहरु भन्ने गर्छन । अझ म सुनार हुनुमा गर्व गर्छु , म बिश्वकर्मा हुनुमा गर्न गर्छु भन्ने साथीहरु रिसले चूर हुन्छन । २/४ जना साथीहरुलाई भनेकाे पनि छु ल ल अाफ्नाे निधारमा सुनार/ दमाई लेखेर हिड । अहिले २/४ दिन निकै जात लुकाउनेहरुकाे बिराेध मिडियामा चलेकाे छ । हुन त याे नयाँ पनि हैन मैले बुझ्ने भए पछि जात लुकाई थर, गाेत्र लेख्ने अनि सरकारबाट पाईने जातिय सुबिधा/अारक्षण लिनेहरुकाे बिराेध भएकै हाे र अहिले पनि ब्याटल दाेहाेरी, बाेलमायाँ र गलबन्धी गितबाट निकै चर्चा कमाई रहेका बागलुङे लाेक दाेहाेरी गायक प्रकाश सपूत (बिश्वकर्मा) ले किन जात लुकाए भन्दै मिडियामा निकै बहस चलेकाे छ । २/४ जनाले मलाई पहिले देखि नै सपूत भनेकाे के हाे भन्ने प्रश्नमा ठकुरि हुन भनिदिए । साच्चिकै खुलेर जात देखाई संघर्ष गर्ने साेमपाल कामी अनि रुपा सुनार , अाश्मा बिश्वकर्मा, शिव परियार , कबिता नेपाली र राजु परियार जस्ता हजारौं कलाकारहरुलाई सम्मान छ ।

अरे जात लुकाउनु उसकाे रहर हैन बाध्यता हाे । प्रकाश सपूतले जात लुकाउनु बालापनमा हरेक ठाउँमा बिभेद, साथीहरुकाे माझमा हिनताबाेध हुनाले पद,थर, गाेत्र या उपनाम राख्नु बाध्य हाे । समुहमा परिचयकाे क्रममा राम थापा , कृष्ण पाैडेल जस्तै प्रकाश बिक भनिरहदा साथी नाक खुम्च्याउदै या अाश्चर्य हुदै २/४ दिनमा जातिय विभेद भाेग्नुले जात नै लुकाउन प्रकाश जस्तै धेरै छन र मैले पनि भाेगे कै कुरा हाे । अब साेध्नुस प्रकाश सपूतलाई उनी कलाकार हुन पाउँदा गर्व मान्छन या बागलुङे हुनुमा गर्व मान्छन साच्चिकै हाे कामी हु भनेर गर्दैन्नन । हाे यसकारण म पनि दमाई हुनुमा गर्व गर्दिन । किन कि समाजमा कुकुरले बरु समानता पाएकाे छ त्याे ठाउँमा दमाई हुनाले समानता पाएकाे छैन । म पनि अाम नेपाली सरह समानता पाए या कुनै मैले क्षेत्रमा अब्बल हुनेसके बल्ल गर्व गर्नेछु ।

सबै कामी भएकै कारण अभियान पत्रीका मा काम गर्ने मिलन बिश्वकर्मा लाई कोठा भाडामा दिइएन ।

हाे हामीलाई नेपाली समाजले अछुत पानी नचल्ने जात भनेर समाजमा अपहेलित गरिरहेकाे अाम नेपालीहरुलाई थाहा छ । मुखमा सबै गैर दलितहरु नअात्तिनुस बिस्तारै परिवर्तन अाउदैछ म याे जातभात मान्दिन भन्ने हरु पनि ब्यबहारिक खै कहिले । जातको बिषयमा बोल्यो कि सबै समान भै सक्यो अहिलेको जमानामा पनि जातको कुरा गरेर हुन्छ भन्छन सबै कामी भएकै कारण अभियान पत्रीका मा काम गर्ने मिलन बिश्वकर्मा लाई कोठा भाडामा दिइएन । यहि हाे त २१ अाैं शताब्दीको नेपाली समाज ? दमाईलाई दर्शने भन्नेहरु मन्दिरमा पञ्चवली लगेर अगाडि हालेर नाच्दै गाउदै रमाउने अनि मिलिजुली प्रसाद खाने बेलामा अाफुहरु खसी बाेकाकाे (बली) सिङ्गो शरीर राखेर दर्शनेहरुलाई पुञ्चरकाे नाम राखी मुत्रद्वार र मलद्वार दिएर अपहेलना गरि मन दुख्नाले बाना बनाउन जान समेत छाेडे । अझै दलित दलित बिच सहज रुपमा राेटी बेटी नचल्दा दलित भित्रकाे दलित हुनुपर्दा कटक्क मन दुखेर अाउछ ।

गैर दलितहरु अब हामी सबै एक हाै भन्दै सीप पेसा सबैले गर्न थाले दमाईले बाजा बझाउछ र लुगा सिलाउथे रे भन्ने छन तर खाेइ बजाउन र सिलाउन अरु समुदायले समानता खाेजे झै छुवाछूत हताएर समानता दिएकाे खै ….? अझ म अचम्म पर्छु सुनारले दिमाख लगाएर गहना बनाउछन अनि लिम्बुहरु हाम्रो पहिचान भनेर गहना झपम्क लगाएर लिम्बू हुनुमा गर्व लाग्छ रे खै त ती सुनारलाई छुवाछूत हताएर समानता दिएकाे म त भन्छु सुन बनाएर सुनारले गर्व गर्नुपर्ने हैन र …? कामी समुदाय दुख कष्ट कालाे धुम्से हुँदै पसिना बगाएर हतियार बनाउछन अनि अरु समुदाय खुकुरी भिरेर गाेर्खाली हुनुमा गर्व छ रे गराै गर्व सम्मान छ देश प्रेम देखाउ तर खै त कामी समुदायलाई समानता…? अनि अपहेलित सार्की समुदाय जुत्ता बनाएर पाईला पाईला सुरक्षा गर्छ खै समानता सार्की समुदाएमा ..? हाे म दमाई भएर तिम्रो लाज ढाक्ने कपडा सिलाउदा पनि म मानिसकाे तुलनामा समानता पाइन भने म कसरी दमाई भनेर गर्व गर्ने .? जुन दिन नेपाली समाजमा दमाईलाई समानता दिईने छ म बल्ल दमाई हुनुमा गर्व गर्नेछु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्