नेचर केयर सामुदायिक अस्पताल घोराहीमा निशुल्क स्वास्थ्य शिबिर सप्पन्न ।



  दाङ घोराही नेचर  केयर  केयर सामुदायिक अस्पताल घोराही दाङको आयोजना, घोराही उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पताल तुलसीपुरको सहयोगमा घोराही उ.म.न.पा.वडा न.५ धर्नामा एक दिने निशुल्क स्वास्थ्य शिविर तथा निशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । शिविर उद्घाटन कार्यक्रम नेचर केयर सामुदायिक अस्पताल घोराहीका संयोजक मेनका पोख्रेलको अध्यक्षता तथा वडा न ५ का वडा अध्यक्ष विष्णु दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रादेशिक आर्युवेद चिकित्सालय बिजौरिका निर्देशक डा रामकामेश्वर ठाकुर, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, डा. शारदा गौतम, राप्ती आँखा अस्पताल तुलसीपुरका सङिता गौतम, बिबेक बुढाथोकी लगाएतले बोल्नु भएको थियोे । नेचर केयर सामुदायिक अस्पताल घोराहीका संयोजक मेनका पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अस्पतालका संचालक समिति सदस्य गोपाल नेपालिले गर्नु भएको थियो। शिविरमा ३४० जनाको निशुल्क स्वास्थ्य जाच गरि निशुल्क औषधी बितरण गरिएको थियो भने २०० जनाको आँखा जाँच गरिएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्