अति भयो छुवाछूत र अपराधको गतिबिधि lजहाँ विभेद हुन्छ प्रतिसोध अबस्य हुन्छ,



के मानबता हराएकै हो त/
मैले थुक लगाइ सिलाएको कपडा लगाइ , मलाई नै फोहरी देख्छौ भने
, तिम्रा आँखामा फोहरको जालो लागेकै हो अब ।
महिले खलाती फुकि फुकि ठटाएको त्रीशुल र घटा बोकी ,
मेरो हातले बनाएको देउता तिमिले पुज्दा आशिष् दिने ?
महिले छुदा छोइन्छ भनी देउता पुज्न दिदैनौ भने ..?
तिम्रो मति अब पक्कै भ्रस्ट भैसकेको हो अब ।
एक बर्षमा १ दिन कुकुरलाई म्वाइ खाएर फुलको माला लगाइ भित्र आँगन डुलाउदा ।
मलाई बाटोमा देख्दा अछुत भनी साइत परेन भन्दै थुक्छौ भने ।
तिमीमा मानबता हराएकै हो अब , मैले थुक लगाइ सिएर बनाएको जुत्ता लगाइ आफ्नो सान देखाउछौ भने ।
चप्पल लगाइ धुर्से फुर्से बनी तिम्रो जुत्ता टल्काउने मलाई सानोजात फोहरि देख्छौ भने ?
तिमीमा अंहकारको सान बढेकै हो अब
धारा कुवाको पानी भर्दा दलितले धारा छोयो भनी मरणासन्न कुट्छौ भने ,
बग्ने खोला, फेर्ने सास , भर्ने पानी छोइन्छ भनि छोइछिटो हाल्छौ भने , तिमीमा सभ्यता र इमानदारी हराएकै हो अब ।
प्रेम गरि बिवाहा गर्दा दलित सित छोरी गै फिर्ता ल्याउछौ भने ।
खुसि मनले सगै बस्दा बलात्कार गर्यो दलित केटोले भनी झुटा मुद्दा लगाउछौ भने /तिमि त  भै सकेको हो अब ।।।
हाम्रो भोटबाट नेता सांसद बन्नी ,
भोट चल्नी ? तर हामीलाई अछुतको व्यबहार गर्ने तिमी ,
हाम्रै नाम बेची बेची माथी पुगे पछि हाम्रै मुद्दा हामीलाई चिन्न छौडछौ भने ।
तिम्रो राजनीति धेरै टिक्नेवाला छैन अब । सधैं अछुत , दलित भनी कुटने मात्र तिमी ,?
अब बल्ल थाहा पाउदै छौ , हतियार बनाउनेले चलाउन पनि जान्दछ भन्ने फेरि …!!
अब पनि सुध्रियनौ भने तिम्रो रवाफ धेरै दिन टिक्ने छैन अब ।
ठाँउ – ठाउँ प्रतिकारको प्रतिशोधले रगत बग्दै छ अब ।
आँखा खुलोस यो समाजको , रोक्ने प्रयास गरोस् सरकारले /
सामाजिक द्वन्द निम्त्याएको छ अझै द्वन्द मच्चिने छ रोकौ बिभेदलाइ अब ।
ध्यान जावोस सरकारको कारवही गर्नु छुवाछूतका अपराधीहरुलाइ …
नत्र ठूलो मूल्य चुकाउन पर्ने छ फेरि , बेलैमा होस पुराउनु है सब ।
अति भयो छुवाछूत र अपराधको गतिबिधि l
जहाँ विभेद हुन्छ प्रतिसोध अबस्य हुन्छ यो समाजको प्रकृति ।धका गतिविधि .. ।
त्यसैले जातीय बिभेद कसैले नगरौ अब //
जातीय बिभेद नगरौ अब । ( धन्यवाद – सरु सुनार ) जातीय विभेद र सामाजिक जागरणको निमित्त

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्