डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु विवादबारे सहमति जुट्यो



सुत्केरीको मृत्यु भएपछि उत्पन्न विवाद समाधान भएको छ । शल्याक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी २६ वर्षीया गीता ताम्राकारको शुक्रबार डडेल्धुरा अस्पतालमा मृत्यु भएपछि सदरमुकाममा तनाव उत्पन्न भएको थियो ।

मृतकका आफन्तसँग जिल्ला प्रशासन कार्यालयमा तीन बँुदे सहमति भएपछि प्रदर्शन रोकिएको छ । तीन बँुदे निर्णयमा सहमति जनाई घटनाबारे आवश्यक सहयोग गर्न प्रशासन कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाइएपछि प्रदर्शन रोकिएको हो ।

गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशलाई बोधार्थ गरी पत्र पठाइपछि प्रदर्शन रोकिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्