डलर र सुन साट्ने भनी लुटपाट गर्ने पक्राउ



 

काठमाडौं । डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीले भक्तपुर साँगावाट आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–८ घर भई हाल काभ्रे पाँचखाल बस्ने जित बहादुर तामाङ र सोही ठाउँ घर भई हाल धुलिखेल बस्ने राम बहादुर तामाङ रहेका छन् ।

जित बहादुर र राम बहादुरले नयाँ बसपार्क र बौद्ध क्षेत्रलाई मुख्य आधार क्षेत्र बनाई विदेशबाट फर्किएका व्यक्तिहरुलाई डलर र सुन साट्ने लगायत अन्य विदेशी रकम बढीमा साटी दिने भन्दै वण्डलको अगाडि र पछाडि मात्रै सक्कली नोट राखी भित्रतर्फ कागज राखेर नक्कली पैसाको बण्डल साटी भागि हिँड्ने गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्