गाउँबाट जसलाई बोक्सी भन्दै गाउँ र आफन्तले लखेटे




रिर्पोटरको डायरी

जनक नेपाली
दाङ२८ भदौ । घोराही स्थित तेरौटे बृद्धाश्रममा पुग्दा त्यहाँको दृश्य अलि फरक थियो । बृद्धबृद्धा हात खुट्टा घिसार्दै ढोका सम्म आउदै गरेको देखिन्थ्यो ।नचल्लने हात खुट्टा पनि घिसार्दै ढोका बाहिरको संसार नियाल्ने कतिपय बृद्धका सपना पुरा भए त कतिपय अधुरै रहे । परिवारको मायाबाट टाढा बनेका कतिपय बृद्धको मर्दा समेत उनको नाममा आशु झर्ने आफन्त नै छैनन । छन् केबल त्यही बृद्धा आश्रममा भएका बृद्धबृद्धा मात्र । कतिपय बृद्धहरु सुन्न, बोल्न हिडडुल त परै जाओस् आखाँ समेत देख्न अबस्था छैन । त्यही भिड मध्यको एउटा नाम हो विष्णी विक यो नाम कुनै बेला रेडियो देखि पत्रपत्रिका छप्याप छ्प्याप्ति सुनिन्थ्यो ।

 


जतिबेला गाउँले र आफन्त सबै मिली बोक्सीको भन्दै दिशा पिसाब खुवाउदै गाउँबाट लखेट्थे । घोराही स्थित बृद्धाश्रमको एउटा कुनामा रात दिन बिताउँदै आएकी विष्णीको जीवनमा अब कोही बाँकी छैनन । विष्णीका आफन्तहरु त्यही बेला सम्म साथमा थिए जुनबेला उहाँका श्रीमान,उहाँको साथमा हुनुहुन्थ्यो । श्रीमानको मृत्यु पछी सारा गाउँले र आफन्तहरु उहाँलाई बोक्सी भन्दै कुटपीट गरे । पानी पधेरा देखि बाटोमा हिडडुल गर्दामा सम्म उहाँलाई बोक्सीको आरोपमा सबैले थुके ।उमेरले डाँडाँ काटेकी बिष्णीलाई सबैको नजरले बोक्सी देखेपछि हापुर टिकरीको बसाई समेत छोड्नु पर्ने वाध्यता आई लाग्यो ।


टिकरीमा बनाएको टहरो समेत भित्काउँदै जीवनमा कहिल्यै गाउँ नफर्के गरी छोड्नु प¥र्याे । श्रीमान,छोरा,छोरी सबै गुमाएकी विष्णी जीवन भर बेसाहारा जिवन भोग्नु बाध्यता उहा माथि आई लाग्यो । बोक्सीको निहुमा उहाँलाई गाउँ भरको दिशा पिसाव समेत खुवाउदा समेत देखेकाहरु समेत चुप लागे बसे । केही संघ संस्था विकलाई न्याय दिलाउँ लागे तर ति न्याय दिलाउन हिडेका संघ संस्थाहरु समेत आजभोली खोज्दा भेटिदैनन् ।

बोल्न समेत नसक्ने अबस्थामा रहेकी विष्णी पछिल्ला दिनहरु बृद्धाश्रममै विताउँदै आउनु भएको छ ।गाउँले र आफन्त सबैले गाउँबाट निकाले पछी बेशाहारा बनेकी विष्णी घोराही १० नारायणपुर स्थित रामकुमारी घमालको परिवारले आफ्नो घरमा ल्याएर हेरचाह गर्नुभयो । करिव ७ बर्ष सम्म उहाँका घरमा पालेपछी बिष्णीलाई उहाँको छोरा झगबहादुर घमालको पहलमा घोराही स्थित बृद्धाश्रम ल्याएर राखेको झगबहादुरको आमा राज कुमारीले वताउनुभयो । गाउँले आफन्त सबैले लखेटेपछी उनलाई हामीले पालन पोषण ग¥र्याे त्यसपछि बृद्धाश्रममा लाएर राखे पछी उनका आफन्त हामीहरु बनेका छौ राजकुमारीले भन्नुभयो ।

बेसाहारा विष्णीका आफन्त बनेकी रामकुमारी भेट्दै बृद्धाश्रममा !

बुढीले पटक /पटक बृद्धाश्रममा बोलाउदा आएर भेटघाट गर्छाै एक आर्कमा परिवार जस्तै माया साटासाट गरेका छौ उहाँले भन्नुभयो । घरमा केही मिठो चोखो पाक्यो भने यहाँ सम्म ल्याएर आउछौ खान दिन्छौ त्यसमै उनि खुशी छन् उहाँले भन्नुभयो । कोही नहुनेको दैव हुदा रैछन् हामी त्यसैमा खुशी छौ –गाउँले आफन्त सबै लेलखेटे पनि हामीले उनलाई माया गरेका छौ राजकुमारीले भन्नुभयो । हाम्रो स्वार्थ केही छैन बरु नाति नतिनाहरु समेत आएर भेट्छन् । उनका आफन्त हामी नै हौ । जे गरेपनी उनि रहदा सम्म उनको पालन पोषणमा दिन वताउँछौ रामकुमारीले भन्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्