अध्यक्ष वाग्लेले ,कमल तामाङलाई संघको अध्यक्षको टिकट दिएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा उजुरी



 

 

नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष हंसराज वाग्लेले ‘अन्तर्घाती’ कमल तामाङलाई नेपाल वैदेशिक रोजगार संघको अध्यक्षको टिकट दिएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा उजुरी परेको छ ।

नेपाली कांग्रेस ओखलढुंगाले अन्तर्घात गरेर पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै असार ६ गते कमल तामाङविरुद्ध केन्द्रीय कार्यालय सानेपामा पुनः उजुरी दिएको छ । यो उजुरीमा हंशराज वाग्लेलाई पनि कारबाहीको माग गरिएको छ ।

दश वर्ष अगाडि तत्कालीन एमाले निकटको व्यवसायीहरूको प्यानलबाट वैदेशिक रोजगर व्यवसायी संघको महासचिव पद पड्काउन सफल भएका वाग्ले वैदेशिक रोजगार व्यवसायीहरूका माझ ‘अवसरवादी’ रुपमा परिचित छन् ।

ओखलढुंगाका कार्यालय सचिव शान्तबहादुर राईले सभापति शेरबहादुर देउवालाई पत्र पठाइ प्रदेश निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार प्रदीपकुमार सुनुवारलाई हराउन भूमिका खेलेको जानकारी गराएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही असार २७ गते साधारण सभा हुँदै छ । सोही साधारण सभाले संघको नयाँ कार्यसमिति चयन गर्नेछ ।

अध्यक्ष वाग्लेले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउन विशेष भूमिका खेलेका कमल तामाङलाई पार्टीभित्र सल्लाह नै नगरी टिकट दिएपछि भाँडभैलो मच्चिएको छ ।

नेपाली कांग्रेस निकटका ७५ प्रतिशत व्यवसायीहरू हंशराज वाग्ले र कमल तामाङको विपक्षमा उत्रिएका छन् ।

हंशराज वाग्ले र कमल तामाङविरुद्ध कांग्रेस निकटका व्यवसायीहरूले पार्टी नेतृत्वसँग भेटेर टिकट नदिन दवाव दिइरहेका छन् ।

‘नेपाल लोकतान्त्रिक वैदेशिक राजगार व्यवसायी फोरमले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासीको रुपमा महासमिति सदस्य कमल तामाङलाई उम्मेदवार सिफारिस गरेको छ भन्ने सुनिनमा आएको छ’, पत्रमा भनिएको छ, ‘कमल तामाङ गत ०७४ को संघ र प्रदेशको निर्वाचनमा ओखलढुंगा जिल्ला प्रदेश ‘ख’का स्वतन्त्र उम्मेदवारको बुथ एजेन्ट प्रतिनिधि समेत बनि पार्टीको आधिकारिक उम्मेदवार पार्टी सभापति प्रदीपकुमार सुनुवारलाई हराउन ठूलो भूमिका निर्वाह गरेको र निजलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति एवम् संघ र प्रदेश चारै जना उम्मेदवारहरूले समेत कारबाहीको सिफारिस गरी केन्द्रीय अनुशासन समितिमा पठाइएको व्यवहोरा जानकारी गराइएको व्यहोरा अनुरोध छ ।’

 

‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हंसराज वाग्लेले समेत संघ र प्रदेशको निर्वाचनमा असहयोग गरी मतदान समेत गर्न नआएको हुँदा निजहरू दुबै जना कमल तामाङ र हंशराज वाग्लेलाई वैदेशिक रोजगार व्यवसायी संघकोचुनावमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी सिफारिस नगराउनु हुन आदेश अनुसार अनुरोध गर्दछु’, पत्रमा भनिएको छ ।

फोरमका अध्यक्ष वाग्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पठाएका दुई जना केन्द्रीय प्रतिनिधिहरूलाई समेत अटेर गरी तामाङलाई अल्पमतका आधारमा संघको अध्यक्ष पदका लागि निर्णय गरेका थिए । त्यसपछि वाग्ले र तामाङ कांग्रेस नेतृत्वको निशानामा परेका छन् ।

वाग्लेले कांग्रेसका केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे र रमेश लेखकलाई बेवास्ता गर्दै तामाङका पक्षमा निर्णय गरेपछि वाग्ले र तामाङको भूमिकालाई लिएर कांग्रेसभित्र बबण्डर मच्चिएको छ ।दैनिकनेपाल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्