कोरियाबाट शव लयाउन लाग्ने खर्च आधा बोर्डले व्यहोर्ने



कोरियामा ज्यान गुमाउने नेपालीको शव नेपाल झिकाउन वैदेशिक रोजगार बोर्डले आधा खर्च व्यहार्ने भएको छ । अन्य देशको हकमा रोजगारीको क्रममा ज्यान गुमाउने नेपालीको शव स्वदेश पठाउने खर्च रोजगारदाताले व्यर्होने व्यवस्था भए पनि जीटुजी सम्झौता गरिएको कोरियाको हकमा भने नेपाल सरकारले नै बेहोर्दै आएको थियो ।

कोरियामा आत्महत्या गर्ने नेपालीको शव स्वदेश पठाउँदा लाग्ने खर्चमध्ये करिब आधा अर्थात् ३० लाख कोरियन वन एचआरडीले उपलब्ध गराउने गरी सम्झौता भएको सोलस्थित नेपाली दूतावासले जनाएको छ ।

गतवर्ष दूतावासले कोरियामा मृत्यु हुने नेपालीको शव स्वदेश पठाउँदा लाग्ने खर्च बेहोर्न एचआरडीसँग आग्रह गरेकोमा आत्महत्याका घटनामा ३० लाख वन उपलब्ध गराउन तयार भएको कोरियाका लागि काउन्सेलर श्रम डिल्लीराम बास्तोलाले जानकारी दिए । उक्त सम्झौता मे कहिनादेखि लागूभएको र एउटा घटनामा रकम आउने प्रक्रियामा रहेको बास्तोलाले बताए ।साभार -मध्यान्ह

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्