माबि सेन्टरमा ५ सय ८० जनालाई छात्रबृत्ति बितरण



सरीता चौधरी ।

माध्यामिक विद्यालय सेन्टर तुलसीपुरले ५ सय ८० जना बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरेको छ । आर्थिक बर्ष २०७५÷०७६ को छात्रबृत्ति अन्तर्गतको कक्षा १ देखि कक्षा ८ सम्मका २ सय ७ जना दलित छात्र छात्राहरुलाई प्रति विद्यार्थी ४ सय रुपैयाका दरले छात्रवृत्ति वितरण गरीएको हो ।

जसमा छात्र ९३ जना र छात्रा १ सय १४ जना रहेका छन् ।अन्य जातजातिका ४ सय ९८ जना छात्रलाई प्रति विद्यार्र्थी ४ सय रुपैयाका दरले छात्रवृत्ति वितरण गरीएको बिद्यालयका प्रधानाध्यापक भागवत पौड्ेलले जानकारी दिनुभयो ।

त्यसैगरी कक्षा ९ र १० का ८२ जना दलीत समूदायका छात्र छात्राहरुलाई प्रति विद्यार्थी ५ सय रुपैयाका दरले छात्रवृत्ति वितरण गरीएको छ । जसमा छात्र ३० जना र छात्रा ५२ जना रहेका छन् ।

यसअघि आर्थिक बर्ष २०७५÷०७६ को अक्षय कोषबाट प्राप्त २५ हजार ५ सय ६० रुपैंया २५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति बाफत वितरण गरीएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडे्लको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यतामा छात्रवृत्ति कार्यक्रम भएको हो ।

शिक्षिका रमा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक भोलाप्रसाद पौडेलले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्