जन्म दिनमा बालबालिकालाई केसीद्वारा स्कुल झोला वितरण



ओमप्रकाश गुप्ता
। राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी युवा सुर्यकिरण केसीले आफ्नो जन्म दिनको अवसरमा विपन्न तथा गरिव वालवालिकालाई स्कुल झोला वितरण गरेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर १ शान्तिपुर चैतेमा रहेको राप्ती गंगा आधारभुत विद्यालयमा अधयनरत कक्षा शिशु देखि ५ कक्षा सम्मका ४६ जना वालवालिकालाई २७औँ जन्म दिनमा ३५ हजार बराबरको स्कुल झोला वितरण गरेका छन् ।

भने क्रियाशील दुई जना पत्रकारहरू ओमप्रकाश गुप्ता र कमल गिरीलाई पनि१र१ वटा झोला उपहार दिएका छन् । आशाका किरणहरू नामक संस्थाका अध्यक्ष समेत रहेका केसीले संस्थाकै आयोजनामा कार्यक्रम गरेका हुन् ।

जन्म दिन परेका केसीकै अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा सदस्य पुर्णजंग रेश्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गंगा आधारभुत विद्यालयका संस्थापक खड्कबहादुर रावत,पत्रकारहरू नेत्र खनाल, ओमप्रकाश गुप्ता ,जमिर शाह,कमल गिरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसक्रममा केसीले पछिल्लो समय जन्म दिनमा ठुल–ठुला होटेलमा गएर धेरै पैशा खर्च गर्ने परिपाटी रहेका बेला आफुले नयाँ कामको थालनी गरेको बताए ।

साथै उनले वालवालिकाको शिक्षामा आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । शैक्षिक सामाग्री पाएपछि गरिव विपन्न वालवालिकाले खुसी व्यक्त गरेका छन् । संस्थाका उपाध्यक्ष अशोक बेल्वासेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव विमल राना मगरले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्