साईकल सिटी आवश्यक्ता कि रहर ?



जीवन शर्मा 

अहिले शहरमा चर्चा र बहसको विषय बनेको साइकल सिटिका बारेमा सबैको ध्यान केन्द्रीत भएको पाइन्छ । विभिन्न शहरहरुमा साइकल संघ, साइकल मेला र सामूहिक साइकल यात्रा गर्ने क्रम बढेको पनि छ । साइकल चलाउदा फाइदा के त ? किन साइकल चलाउने ? कस्तो साइकल चलाउने ? साइकल कहाँ चलाउने ? यी र यस्ता साइकलसँग सम्बन्धीत सवालहरु सँगसँगै साइकल सिटिको अवधारणाहरुमा पनि सानै रुपमा भएपनि बहश शुरु भएको छ । 

नेपालको तराइ जिल्लाहरु कन्चनपूर देखि झापासम्मै, पहाडि र हिमाली जिल्लाका केही शहरहरुमा दैनिक लाखौ व्यक्तिहरु साइकल चढ्छन् । अहिले नेपालमा कतिले साइकल चढ्छन् ठ्याक्कै तथ्याङ्क नै नभएपनि आधाभन्दा बढी जनसंख्यासँग साइकल छ र नीयमीत चढ्छन् पनि । अझ तराइका जिल्लाहरुमा महत्वपूर्ण सवारी साधन कै रुपमा यस्को प्रयोग हुने गरेको छ । विहान दुध र तरकारी बेच्नदेखी लिएर घरयासी अन्य काममा सहयोगी साइकल तराइका सामान्य किसान देखि विद्यार्थी, शिक्षक, ज्यालादारी मजदुर, शिक्षक सबैका लागि महत्वपूर्ण सवारी साधन हो । हामीसँग साइकल छदैछ किन आवश्यक छ त साइकल सिटि रु त्यसो हो भने यो नयाँ शब्द मात्रै हो रु अथवा कसैको रहर र शौखका विषय रु साइकल सिटि हुन के हुनपर्छ रु के भए साइकल सिटि हुनसक्छ रु स्थानीय तहले के गर्नसक्छ रु यस्का फाइदा, चुनौति के के छन् रु अबका दिनमा बहस गर्न जरुरी भइसकेको छ ।

स्थानीय निकायको निर्वाचित जनप्रतिनिधिहरुको निर्वाचन अघिका घोषणाहरु सुन्न लायक बनेका थिए । कसैले पनि साना मसिना विषय उठान नै भएन । ग्रेटर सिटि, स्मार्ट सिटि, औद्योगिक सिटि, वाइफाइ सिटि, साइकल सिटि गज्जब गज्जबका सिटिका सपना बाँडिए । जस्ले जति धेरै सपना बाँडे उनिहरु मिडियाका नजर देखि लिएर सर्वसाधरणका पनि आँखामा पर्न सफल भए । निर्वाचनका समयमा भएका यी प्रतिबद्धता के साँच्चै पुरा गर्न सकिन्थ्यो त रु कसैले पनि सुक्ष्म अध्ययन र विश्लेषण गरेको पाइएन ।

 

साइकल सिटि बनाउन अथवा बन्नका लागि धेरै विषयहरु आवश्यक हुन्छ । पूर्वाधार र दृढ इच्छाशक्ति नभई साइकल सिटि गफ गर्ने मेलो मात्रै हुनेछ । सबैभन्दा पहिला साइकल सिटिका लागि पूर्वाधार बन्नु पर्नेछ । अहिलेको हाम्रा सडक निर्माण प्रकृयामा त्यस्ता पूर्वाधार बनाउन हामीले ध्यान दिएका छैनौ । न त स्थानीय निकायले त्यस्का बारेमा योजना नै बनाएको छ । साइकल मैत्री सडक पहिलो अनिवार्य आवश्यकता हो । दोस्रो पार्किङ्ग क्षेत्र, साइकल चलाउन भिन्नै साइकल लेन मात्रै भएर भएन, साइकल पार्किङ्ग क्षेत्र नभइ हुन्न । अहिले साइकल भनेपछि जहाँपनि जतापनि अव्यवस्थित तरिकाले पार्किङ्ग गरेको भेट्छौ जस्ले दुर्घटना बढाउने मात्रै हैन शहरको शोभा नै हराउँछ । साइकल चलाउन र साइकल सिटि बनाउन सरकार, साइकल संघ अथवा दुई चार जना व्यक्तिले भनेर मात्रै पनि हुन्न यो त पुरै समाज र सर्वसाधरणको दृढ इच्छाशक्ति पनि चाहिन्छ । हामी बाइक र साना सवारी साधनलाई घरमा राखेर कार्यालय, व्यवसाय सम्म साइकलमा जानसक्छौ कि सक्दैनौरु साइकल सिटि बन्न त्यस्ले धेरै अर्थ राख्दछ ।

साइकल सिटि किन ? पहिलो काम जनचेतना फैलाउन आवश्यक हुन्छ । साइकल चलाउँदा प्रत्यक्ष र अप्रत्यक्ष धेरै कुराको लागि फाइदा छ भन्ने कुराको जबसम्म बुझाउन सकिन्न तबसम्म सिटि बन्न मुस्किल छ । साइकल चलाउँदा प्रत्यक्ष रुपमा खेल, स्वास्थ्य, मनोरञ्जन र वातावरणका लागि हो भने अप्रत्यक्ष रुपमा आर्थिक मितव्ययी, ग्लोवल वांिर्मङ्ग, दिर्ध जीवन, पर्यटन प्रर्वधनका लागि फाइदा पुग्छ संगसंगै साइकल सवारी साधनका रुपमा छरितो र सजिलो छ ।

हामी कहाँ साइकल साधरण साधनका रुपमा लिइन्छ अझ साइकल आर्थिक अवस्था कमजोर भएकाले मात्रै चलाउँछन् भन्ने भ्रम रहेको छ । अलिकति पैसा हुने वित्तिकै मोटरसाइकल र साना चारपाड।ग्रे सवारी किनी हाल्छौ । पक्तिंकारले कयौ पटक साथीहरुलाई साइकल किनौ भन्दा ‘बरु बाइक किन्ने’ भनेर पन्छिएको पाएको छु । साइकल चलाउदा सबैभन्दा बढि फाइदा स्वास्थ्यलाई नै हुन्छ । श्वासप्रश्वास, मुटु र रक्तचाप लाइ नियमित र नियन्त्रित राख्न र गर्न यस्ले सहयोग गर्छ । शरिरलाई स्फुर्त राख्न पनि मद्दत गर्छ ।

साइकल चलाउदा अर्को फाइदा भनेको वातावरणलाई हो । आर्थिक रुपमा पनि साइकलले दैनिक खर्च कटौति देखि आर्थिक मितव्ययी बनाउँछ । नेपालको आधा जनसंख्या जति दैनिक साइकल नै चढ्छन । साइकल यस्तै चाहि चढ्न पर्छ भन्ने छैन । तपाइको रुचि र सजिलो भए जुनसुकै साइकल चलाउन सक्नुहुन्छ । तपाइको वजन र उचाइ मिल्ने गरि साइकल किन्न र चढ्न सक्नुहुन्छ । तपाइले साइकल खेलकुद र अफ रोडमा चलाउनुहुन्छ भने चाहि साइकल किन्दा ध्यान दिनुपर्छ । अहिले बजारमा बिस पच्चिस हजारदेखि लाखौ मूल्यका त्यस्ता साइकलहरु पाइन्छन् ।

त्यसैले साइकल रहर मात्रै हैन यस्ले शहर विकासमा पनि मत्वपूर्ण भूमिका रहन्छ । स्थानिय सरकार मात्रै नभइ साइकल सिटि बन्न प्रत्येक व्यक्तिमा वातावरण, स्वास्थ्य, आर्थिक मितव्ययी र सभ्य समाजमा फाइदा पुग्छ भन्ने कुरा मनमा नरहेसम्म यो अवधारणा कापी, परियोजना र गफमा नै सिमित रहनेछ । त्यसैले अवको दश पन्ध्र वर्षमा यहाँसम्म पूर्वाधार बन्नसक्छ र साइकल प्रति जनचासो विशेष गरि शहरी समूदायमा यहाँ पुयाउछौ भनेर ठोस योजना बनेर आउन आवश्यक छ । ‘हेडौडा निवासी शर्मा हाल काठमाडौमा वसोवास गर्दै आईरहेका छन् ।

प्रतिक्रिया

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्