आँधीका कारण ज्यान गुमाउनेको संख्या २२ पुग्यो



सैघाली खबर,
असोज २०। – ल्याटिन अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । २० जना भन्दा धेरै हराइरहेका छन् ।
आँधीले कोस्टारिका, निकारागुवा र होन्डुरसमा असर गरेको बिबिसीले जनाएको छ । आँधीसँगैको भीषण वर्षाका कारण बाढी पहिरो आउनुका साथै सडक तथा पुल भत्किको छ ।
कोस्टारिकाको राष्ट्रिय आपतकालिन आयोगका अनुसार त्यहाँका झण्डै ४ लाख मानिस खानेपानीबाट बञ्चित भएका छन् भने हजारौँ मानिस पालमुनि बसेका छन् । यस्तै त्यहाँको हवाई उडानसमेत रद्द गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्