ओइलिएको कर्मचारी र मौलाएको कर्मचारी



हाम्रो देश नेपाल बिगत लामो इतिहास देखि प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र मा पुग्यो। ‘काग लाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेझै नेताहरु फेरिए,कुर्सी हरु थपिए,मन्त्री देखि पार्टी हरु फेरिए तर पनि नेपाली जनताको जनतन्त्र आएन,जन सरकार आएन,जनसत्ता स्थापना भएन,जनसेना को संरक्षण गरिएन,जनअदालत स्थापना भएन। राष्ट्रघाती,जनघाती नेता र पार्टीहरुको कारण आज राष्ट्रियता,जनतन्त्र र जनजिबिकामा ठुलो असर परेको छ। देशको सामाजिक,साँस्कृतिक,राजनैतिक,आर्थिक,शैक्षिक आदि क्षेत्रले अभुतपुर्ब धक्का ब्यहोर्नु परेको छ।

बर्तमान तथाकथित कम्युनिस्ट सरकार,संशोधनबादी,पुजीवादीहरु सिद्धान्तमा समाजबाद र व्यबहारमा पुजीवादी चरीत्रका कारण आज देशभरि कतै कर्मचारीहरु मौलाएको देखिन्छ भने कतै कर्मचारीहरु ओइलिएको पनि देखिएको छ।कर्मचारी प्रायःजसो सरकारका गतिविधिहरुलाइ सुरक्षा,संरक्षण,अथाह सहयोग र टेवा पुगाउने प्राथमिक उपकरण हुन।शिक्षकशिक्षिका,डाक्टर नर्स,वकिल,पत्रकार,सेना,प्रहरी, इन्जिनियर,प्राबिधिक,सचिब,ड्राइभर,परिचर आदि सबै कर्मचारी हुन।’मुखले ताली र मनले गाली’ दिएझै पुजीवादी चरित्रको सरकारले कर्मचारीहरुको जिबनस्तरमा समेत खैलाबैला मच्चाइदिएको छ।

समाजबादी चरित्रको राजनैतिक चिन्तन नभएर पुजीवादी चरित्रको राजनैतिक चिन्तनले जीवनमा कहिल्यै पनि कर्मचारी बन्न न सक्ने हरु कर्मचारी भएका छन्।सीप,क्षमता,दक्षता,अनुभव,ईमानदारिता,कौशलता,नियमितता र त्याग तपस्याको कुनै अर्थ छैन।बिबेकहीन,मूर्ख,बेइमानी,घुसखोरी,भ्रष्टहरुले स्थान पाएका छन। राज्यले कर्मचारीहरु देशको बिकास,संरक्षण भन्दा पनि दलालहरुको,पुजीवादीहरुको संरक्षण गर्न राखेको प्रष्ट देखिन्छ। सामाजिक फासिबादी दलाल संसदीय ब्यबस्थाले गर्दा आज प्रहरी,सेना,शिक्षक,डाक्टर,वकिल,इन्जिनियर,पत्रकार,ड्राइभर,परिचर आदि कर्मचारीहरु दलाल नेताहरुका दास भएका छन्। सेना प्रहरी आफ्नो देश र जनताको सुरक्षा गर्न छोडेर दलाल नेताको घुस कमिसनले आफ्नै चेलीबेटी बेच्न,देश बेच्न र जनताका छोराछोरीहरुलाइ मार्ने भएको छ।विद्यार्थीहरुको भबिस्य निर्माता शिक्षक आज जुवाडे,जड्याहा बन्दै दलाल भ्रष्ट नेताको गुणगान गाएर जनतालाई भ्रम छर्न मा ब्यस्त भएको छ। नेपाली जनताको स्वास्थ्य प्रती चिन्ता गर्ने डाक्टर नर्सहरु आज दलाल भ्रष्ट नेता हरुको घरपरिवार को मात्रै चिन्ता गर्ने भएका छन्।जनताहरुका पिडाहरुका बारेमा बोलिदिने पत्रकार आज भ्रष्ट दलाल नेताहरुको बारेमा झन प्रोत्साहन मिल्ने गरि बोल्ने भएका छन्।जनताहरुलाइ न्याय दिने वकिल आज दलाल नेताहरुको आडमा जनताको खुन पसिनाको पैसा सखाप पारेर जनताकै छोराछोरीहरु लाई जेल कारागार चलान गर्ने भएको छ।

यी सबै क्रियाकलापलाई गम्भीर तरिकाले अध्यन गर्दा नेपाली आम कर्मचारीहरु माथि सामाजिक दलाल संसदीय ब्यवस्थाले भयानक खेलवाड गरेको देखिन्छ।एकथरी कर्मचारी लाई मनपरि छ भने अर्को थरीलाई न कुनै सेवा सुबिधा छ,न सम्मान छ,न इज्जत छ, बस्!छोडेको जुठो एक गाँसको निम्ति कुकुरको जसरी मान्छेले अघाउन्जेल सम्म खादा टुलुटुलु हेर्ने र मान्छेले पेटभरि टन्न खाएर एक जुठो गाँस त्यो पनि थालमा नभएर भुइँमा राख्छ। त्यही जुठो एक गाँसका कारण त्यो कुकुर मालिकको भक्त भएको हुन्छ।यहि उदाहरण आज नेपालका अधिकांश कर्मचारीहरु माथि मेल खाएको देखिन्छ।

त्यसकारण अबसरबादी,पुजीवादी,संशोधनबादी,बिस्तारबादी कर्मचारीहरुका कारण समाजबादी कर्मचारीहरु माथि राज्य द्वारा चरम दमन,अन्याय र प्रतिबन्ध छ।यसको समाधानका लागि समाजबादी कर्मचारीहरु फेरि पनि साहस गर्नुहोस्,एकीकृत जनक्रान्तीको कार्यदिशालाइ गम्भीर अध्यन अनुसन्धान गर्नुहोस्,बिद्रोह संगै संघर्ष गर्नुहोस्।सामन्तबाद,नब उपनिबेशबाद,साम्राज्यवाद र सामाजिक दलाल पुजीवादको जरै देखि उखेल्नुहोस।साहस पछि फेरि पनि साहस गरौ निश्चित नै हामी हाम्रो बैज्ञानिक समाजबाद मा पुग्छौ।

✍️सुरेन्द्र धानुक(सुरेश)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्