‘शत्रु गते’ सिनेमा युट्यूबमा ।।



सैघाली खबर/काठमाण्डौं, ७ जेठ।
महसञ्चारको ब्यानरमा निर्माण भएको सिनेमा ‘शत्रुगते’ले सफलतापूर्वक ५१ दिन मनाइसकेको छ । काठमाडौंका विभिन्न ८ वटा हलमा ५१ दिन मनाएको यो सिनेमा अझै पनि केही हलमा प्रदर्शन भैरहेको छ । हलमा प्रदर्शन भैरहको यस सिनेमाको २१ मिनेटको क्लिप युट्युबमा पाइरेसी भएको छ ।

झण्डै एक महिनाअघि युट्युबमा सिनेमाको २१ मिनेट ७ सेकेण्डको क्लिप मोबाइलमा रेकर्ड गरेर आर के म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । तर सिनेमा पाइरेसी भएको एक महिना बितिसक्दा पनि निर्माण पक्षलाई यस बारेमा केही पनि थाहा छैन । यसबारेमा बुझ्दा निर्माता तथा कलाकार हरिवंश आचार्यले अनभिज्ञता प्रकट गर्दै टिममा कुरा राख्ने बताएका छन् ।

उता सिनेमाका निर्देशक प्रदीप भट्टराईले पनि आफूलाई यस बारेमा थाहा नभएको तर अब एक्सन लिने बताए । यस सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, बसुन्धरा भुषाल, रमेशरन्जन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतका कलाकारको अभिनय रहेको छ । सिनेमा चैत्र ९ गतेदेखि प्रदर्शनमा आएको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्