यस्तो छ ट्रम्प–किमबीच वार्ता हुने पाँचतारे होटल, सुरक्षा दिनेछन् गोर्खाली सैनिकले ।।



सैघाली खबर, २३ जेठ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच सिंगापुरको सेन्तोसा टापुमा अवस्थित होटलमा शिखर वार्ता हुने निश्चित भएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले पाँचतारे ‘कापेला होटल’ वार्तास्थल हुने पुष्टि गरेको छ । सेन्तोसाजस्ता ६३ ओटा टापु मिलेर सिंगापुर बनेको हो । तर, यी दुई नेताहरु अन्यत्रै बस्ने सम्भावना रहेको बताइन्छ । जुन १२ मा पूर्व्निर्धा्रित् वार्ताको दुई हप्ताअघिमात्र ट्रम्पले एकपक्षीयरुपमा वार्ता रद्ध गरेका थिए ।

तर, त्यसपछि पनि वार्ताका प्रयासहरु जारी रहेकाले निर्धा्रित् मितिमै वार्ता हुने निश्चित भएको हो । मंगलबार (हिजो) मात्र राष्ट्रपति ट्रम्पले वार्ताको योजना राम्रोसँग अगाडि बढिरहेको बताएका थिए । उत्तर कोरियाले आणविक हतियार त्याग्नुपर्ने विषय नै वार्ताको प्रमुख एजेन्डा हुनसक्ने अनुमान गरिएको छ । शिखर वार्ताको सुरक्षा गोर्खाली सैनिकहरुले गर्र्नेछन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्