एयरपोर्टमा पूजा र आँचल, नजिक भए तर पनि बोलेनन्



सैघाली खबर, भदौ ।

नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको शितयुद्ध चलेको लामै समय भैसकेको छ । पूजा र आँचल एक अर्कासँग नजिक छैनन् । झन्, नायिका पूजा शर्मालाई लक्षित गर्दै आँचलले एउटा स्टाटस लेखेपछि त यसले यी दुइको सम्बन्ध पानी बाराबारको अवस्थामा नै पुर्‍याइदिएको छ ।

आँचल र पूजाको सम्बन्धमा कतिसम्म तिक्तता छ भन्ने कुरा त्रिभुवन विमानस्थलमा देखिएको छ । जापानमा आयोजना हुन लागेको ‘सूर्य इन्टरनेशनल अवार्ड’का लागि आँचल र पूजासहित दर्जन बढी कलाकार जापान उडेका छन् ।

जापान उड्नुअघि त्रिभुवन विमानस्थलमा आँचल र पूजाले एक अर्कालाई इग्नोर गरेको स्पष्ट देखियो । यी दुई एक अर्काको नजिक त भए तर पनि बोलेनन् । अन्य चलचित्रकर्मीसँग अंकमाल गर्न र कुरा गर्न व्यस्त देखिएका दुइले एक अर्कालाई भने वेवास्ता गरेका थिए ।

चलचित्र नगरीमा कलाकारविचको यस्तो सम्बन्ध बेला बेलामा देखिने गरिन्छ । यसपटक भने पूजा र आँचलको यो सम्बन्धले जापानमा समेत चर्चा पाउने पक्का छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्