‘दि कर्मा’ को पहिलो मुहार



सैघाली खबर, ६ असोज ।

फिल्म ‘दि कर्मा’ को पहिलो मुहार रिलिज गरिएको छ । भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो फिल्म फस्ट लुक युट्युव मार्फत सार्वजनिक गरिएको हो । उनको सुगठित शरीरलाई विशेष ध्यानमा राखेर फस्टलुक तयार पारिएको छ । उनी एङग्री लुक्समा प्रस्तुत छन् । फिल्म एक्सन प्याक्ड रहेको फस्टलुक भिडियो बोल्छ ।

करण ’मिस्टर इन्डिया २०१७’ का विजेता समेत हुन् । दि कर्मा मा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा संगीत कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीले दिएका छन् ।

जय राज रायले निर्माण गरेको फिल्म ‘दि कर्मा’ लाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । मंसिर ७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्