वैदेशिक रोजगार व्यवसायीकाे चुनावी माहोल तात्दै



काठमाडौं, असोज १-नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनाव नजिकिँदै गर्दा चुनावी सरगर्मी बढ्दो छ । यसैबीच आज निर्वाचन समितिले नेकपा शुभेच्छुक संस्था मंच र काङ्ग्रेस शुभेच्छुक संस्था लोकतान्त्रिक फोरमलाई चुनावमा सहभागी हुने मतदाताहरुको नामावली बुझाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सामाजिक सञ्जाल मार्फत ६५८ मतदाता (प्रतिनिधि) हरुको नामावली बुझाएको पुष्टि गर्दै अन्य शुभेच्छुक सस्था र समाजलाई संघमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।
चुनाव असोज ७ गते होटल हायात रेजेन्सीमा हुने कार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्