वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रगतिशील समूहबाट सरोजकुमार पोखरेल प्यानलको घोषणा



असोज ४, काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि प्रगतिशील समूहको उम्मेदवारी शुक्रबार घोषणा भएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मन्च र प्रगतिशिल बैदेशिक रोजगार मन्च र तराई बैदेशिक रोजगार फोरम मिलेर सरोजकुमार पोखरेलको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको हो ।

यस प्यानलबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी घोषणा गरिएको छ ।

त्यस्तैगरी सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिने निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ ।

आज बिहान उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्