लोकतान्त्रिक व्यवसायिहरुको क्षेत्रीय भेला सम्पन्न



नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न चुनावलाई लक्षित गर्दै लोकतान्त्रिक समूहले आज क्षेत्रीय भेला सम्पन्न गरेको छ ।

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको भेलामा उपस्थित व्यवसायिहरुले लोकतान्त्रीक समूहका सदस्यहरूको जीत सुनिश्चित भएको बताएका छन् ।

क्षेत्रीय भेलाका वक्ताहरुले दुईतिहाइको सरकारले लात हानेको व्यवसायीहरुले बामपन्थीहरु लाई पाठ सिकाउने मौका यस चुनाव भएको धारणा राखेका छन् ।

चुनावी सरगर्मी बढ्दो क्रममा रहेकोले विष्णुप्रसाद गैरेको अध्यक्षतामा रहेको समूह तीव्र प्रचारप्रसारमा लागेको जानकारी प्राप्त भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्