चुनावकाे पूर्वसन्ध्यामा के भन्छन् मेनपावरकर्मी उमेदवारहरू ?



नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा दुई प्यानलमा विभाजित भई चुनावमा होमिएका वैदेशिक रोजगार व्यवसायीका उम्मेदवारहरुले आफ्नो पक्षलाई विजयी गराएमा लामो समयदेखि व्यवसायीले झेल्दै आएका समस्या समाधान गर्ने दावी गरेका छन् ।
असोज ७ गते हुने संघको २७ औं साधारणसभा तथा निर्वाचनका लागि नेपाली काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायीहरु नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्व अध्यक्ष विष्णु गैरे तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम निकट व्यवसायीहरु प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संस्थापक अध्यक्ष तथा संघका महासचिव सरोज कुमार पोखरेलको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका छन् ।

अध्यक्षसहित सात पदाधिकारी र दश जना कार्यसमिति सदस्यका लागि ३४ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । सबै उम्मेदवारहरुले सामाजिक सञ्जाल र व्यक्तिगत सम्पर्कमार्फत मत मागिरहेका छन् ।

प्रगतिशील समुहका अध्यक्ष पदका उम्मेद्वार सरोज पोख्रेलले बैदेशिक रोजगार व्यवसायिहरु अत्यन्तै अप्ठेरो अवस्थामा गुज्रीरहेको र एउटा सक्षम नेतृत्वको खोजीमा रहेको बताए । उनले व्यवसायिहरुले खोजेको सक्षम नेतृत्व आफ्नो समुहले दिने दाबी गरे ।

त्यस्तै प्रथम उपाध्यक्ष पदका उम्मेदवार हरिबहादुर पाण्डे क्षेत्रीले कामदार ठग्ने काम सरकार आफैले गरेको बताए । उनले आफुहरु बैदेशिक रोजगार व्यवसायि संगै कामदारको पक्षमा पनि आवाज उठिाईरहेको बताए । साथै उनले धरौटीको व्याज पाउनुपर्ने माग राखेका छन् ।

द्धितिय उपाध्यक्ष पदका उम्मेदवार मुक्तिनाथ अधिकारीले सम्पुर्ण व्यासायीहरुलाई एक ढिक्का बनाएर लैजाने उद्देश्य रहेको बताए ।

सचिव पदका उम्मेद्वार सञ्जु गुरुङ्गले भने बैदेशिक रोजगार व्यवसायि र कामदारका आईपर्ने समस्याको समाधान गर्न आफ्नो समुह लागीपर्ने बताए ।

त्यस्तै कोषाध्यक्ष पदकी उम्मेद्वार तेजमाया लिम्बुले बैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवसायिक बनाउने बताईन । साथै मेनपावर व्यवसायी प्रति आम नागरिकको धारणालाई चिर्ने प्रयास गर्ने बताएकी छन् ।

अर्का उमेदवार  दलविर भण्डारीले मतदाताहरुको अमुल्य मतलाई खेर जान नदिने बताए । सदस्यकै उम्मेद्वार सरिता घलेले व्यवसायिको हकहितको लागि काम गर्ने बताईन् ।

सदस्य पदका सम्पुर्ण उम्मेद्वारहरुले आफ्नो समुहको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

उता अर्काे समुहका अध्यक्षका प्रत्यासी विष्णु गैरे नेतृत्वको प्यानलले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै जाेडताेडले प्रचारप्रसारमा जुटेकाे छ । उम्मेदवारसँगै मतदाता व्यवसायीहरुको चलायमान प्रवृतिले संघको चुनावी प्रतिस्पर्धालाई अत्यन्तै रोचक र पेचिलो बनाएको छ ।

उमेदवारी घाेषणा र चुनाव बिच धेरै समय  नहुँदा उमेदवारहरूले नै मतदाता नचिन्ने वातावरण देखिन्छ । यसै सन्दर्भमा केही राेचक पक्षहरू समेत देखीएका छन् । मतदाता भेटघाट गर्न सम्भव नभएपछि फाेनकाे भर परेका उमेदवारहरूले व्यावसायीका पत्ली र कार्यालयका कर्मचारी समेतलाइ कल गर्ने राेचक घटना देखीएका छन् ।

सत्र पदका लागि ३४ जना चुनावी मैदानमा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्