म्यानपावर व्यवसायीको चुनाव भोलि



नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनाव भोलि हुँदैछ ।

६५८ मतदाता प्रतिनिधिको नामावली प्रकाशित भएको छ भने विभिन्न १७ पदका लागि ३४ जनाको उम्मेदवारी परेको छ ।

नेकपा सहितको संयुक्त प्यानलबाट बलियो उपस्थिति जनाएका सरोज कुमार पोखरेललाई चुनौती दिँदै लोकतान्त्रिक व्यवसायी विष्णुप्रसाद गैरेले बलियो दाबेदारी पेश गरेका छन् ।

चुनाव असोज ७ गते होटल हायात रेजेन्सीमा हुने कार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्