राजदूतावास दोहाको सूचना -युरोपको लोभमा लाखौं पैसा असुल्ने ब्यक्तिको बिश्वासमा नपर्नुहोस्



 

हालैका दिनहरुमा केही व्यक्तिहरुले नेपालबाट पोलैण्ड लगायतका यूरोपेली मुलुकहरुमा पठाइदिने भनी नेपाली नागरिकहरुलाई कतार ल्याई अलपत्र पारेको र ठूलो रकम असूल गरी सम्पर्कमा नरहने गरेको गुनासो राजदूतावासमा प्राप्त भएको छ । नेपालबाट कुनै तेश्रो मुलुक जानका लागि कतार आई रहनु नपर्ने र कतारको Working Visa प्राप्त गरेको अवस्थामा अन्य तेश्रो मुलुक जान पाइने प्रावधान छैन । यस्तो अवस्थामा केही व्यक्तिले नेपाली नागरिकहरुलाई आकर्षक जागिरको प्रलोभन देखाई पोलैण्ड लगायत यूरोपेली मुलुक पुर्याउने नाममा ठुलै मात्रामा रकम असूल गरिरहेको वुझिन आएको हुंदा कसैको सम्पर्कमा यस्ता व्यक्तिहरु आएमा त्यस्ता व्यक्तिहरुको भनाईमा विश्वास नगर्न हुन सवैका जानकारिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्