कविता: मोवाइल तन्त्र




मोवाइल तन्त्र
-बलराम तिमल्सीना
*********
हिजो आज
मोवाइलले मान्छे चलाउँछ
मोवाइलले काम अह्राउँछ
मोवाइलले प्रशिक्षण दिन्छ
र मोवाइलले नै अनुगमन नियन्त्रण गर्छ ।

सिरियल हेर्ने जागिर खान्छन्
घरका श्रीमतीहरू
र श्रीमानहरू फेसवुकमा जागिर खान्छन्
छोरा छोरीहरू पनि
निकै कम बोल्छन् अचेल
छोरो पब्जीमा जागिरे छ
छोरी टिकटकमा कोरियो ग्राफर
सवका सव रोजगार छन् अचेल !

हरेकका मोवाइलमा
र हरेक एप्लिकेशनमा
पासवर्ड राखिएको हुन्छ
हरेकको बेग्लै संसार छ
एउटै घरमा सवै एक्लै छन्
एउटै ओछ्यानमा पनि एक्लै छन् बाउ-आमा !

जागिर अचम्मको छ
मालिकसँग कसैको भेट छैन
अफिस कहाँ हो थाहा छैन
तलव हात पर्ने कुरा छेपाराको कथा
उल्टै पैसा तिरेर खाने जागिर !

मोवाइल भित्र छन्
भ्रम , उत्तेजना
निराशा, सेक्स डलका विज्ञापन
उन्माद , हिंसाका प्रचार आदि आदि !

मोवाइल भित्रै पाइन्छन्-
हार्डकोर, सफ्ट कोर
फोर्स, रेप, पुनिसमेन्ट
ग्याङ्गव्याङ्ग , मास
ओरल , आश
सिङ्गल, डवल, ट्रिपल
एनिमल एण्ड मेन
एनिमल एण्ड उमन
सवै सवै आइटम वर्क
सिरक भित्र मुन्टो घुसारेर
हरेक जना छन् व्यस्त
डिजिटल ड्रामा हेर्न !

आजका युवाहरू
मोवाइलबाट सिक्छन्
र समाजमा प्रयोग गर्छन्
जुन प्रयोग
लिटिल ब्वाइ र फ्याट म्यानभन्दा
खतरनाक र विध्वंशक भैरहेछ !

विरानो देशमा बसेर मालिक
उत्तेजना पठाउँछन्
र संसार भरिका युवालाई
बलात्कार गर्न सिकाउँछन्
तिनै मालिक फेरि
अर्थोकै पठाउँछन्
र संसार भरका युवतीलाई
सिँगारु पुतली बन्न सिकाउँछन् !

दाइहरू र बाहरूबाट
मामाहरूबाट र काकाहरूबाट
जसरी बढिरहेको छ डर
आजका स्त्री प्रजातीलाई
त्यो यो माटोको श्राप होइन
यी सवै सवै उत्तेजनाहरू
तरङ्गको बाटो भएर
सिधै मोवाइलमा छिर्छन्
मोवाइलबाट दिमागमा छिर्छन
र हेर्दा हेर्दैको मान्छे
हिंस्रक, क्रुर र हत्यारा बनेर निस्कन्छ !

हिजो आज
मोवाइलले जागिर दिएको छ
असामाजिक बन्ने जागिर !

यस्तो दिन आउँन सक्छ-
घरको मूली
पार्टी अध्यक्ष
कलेजको प्रिन्सिपल
चौकीको इन्सपेक्टर
अदालतको न्यायधीश
चोकको व्यापारी
र देशको प्रधान मन्त्री
यही मोवाइल हुने छ
र जसलाई भनिने छ-
मोवाइ तन्त्र
अर्थात- मोवाइलोक्रेशी !

आत्मा बेचेर मनोरन्जन किने पछि
मान्छेले छिट्टै घोषणा गर्ने छ-
मोवाइललाई चक्रवर्ती सम्राट
र आफू बन्ने छ चुत्थो रैती !

त्यसपछि
बैठक मोवाइलले डाक्ने छ
निसाफ मोवाइलले छिन्ने छ
पक्राऊ पूर्जी र रिहाइको आदेश
त्यो पनि मोवाइलले गर्ने छ
यसरी सिङ्गै देश मोवाइलले हाँक्ने छ !

मान्छे-
मोवाइलबाट चल्ने
रोबोटमा फेरिने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्