कतारले छोटो समयका लागि कामदार लिने



काठमाडौं : सन् २०२२ विश्वकप फुटवलको आयोजक राष्ट्र कतारले अस्थायी अवधि अर्थात् छोटो समयका लागि विदेशबाट कामदार लिने भएको छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले हालै उक्त निर्णय गरेको हो । कतारमा निर्माण तथा सेवा क्षेत्रमा यस्ता कामदारको आवश्यकता रहेको बताइएको छ ।

कतारको प्रशासनिक बिकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको निर्णयअनुसार कतारका कम्पनीहरुले एक देखि तीन महिनासम्म ६ प्रकृतिका कामदार ल्याउन पाउने भएको छ ।

कतारले आफ्नो देशमा काम गरिरहेका विदेशी कामदारका सन्तानले काम गर्न स्पोन्सर परिवर्तन गर्न नपर्ने नयाँ निर्णय पनि गरेको छ । यसअघि कतारमा काम गर्ने कम्पनीको स्पोन्सर अनिवार्य थियो । अब उनीहरूले आफ्नो परिवारको स्पोन्सर रहुञ्जेल स्पोन्सर परिवर्तन नगरी निजी क्षेत्रमा काम गर्न पाउने छन् ।

कतारले विद्युतीय प्रणाली (अनलाइन)लाई बढवा दिन अनलाइन मार्फत् प्रदान गर्ने सम्पूर्ण सेवाहरुमा २० प्रतिशत छुट दिने घोषणा पनि गरेको कतारका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्