अनसनरत डा. केसीका मागबारे सरकार आज औपचारिक वार्ता गर्ने



सैघाली खबर,
काठमाडौं, २५ असोज ।– सात दिनदेखि अनसनरत डा। गोविन्द केसीको माग बारे सरकारले अनौपचारिक छलफल गरिरहेको छ । बुधबार औपचारिक वार्ता गर्ने तयारी थालेको सरकारले अहिले अनौपचारिक छलफल थालेको हो ।
बेलुकासम्ममा औपचारिक वार्ता गर्ने शिक्षा मन्त्तालयका प्रवक्ता डा। हरि लम्सालले जानकारी दिनुभयो । तर केसीको माग बारे सरकार गम्भीर नभएको केसी पक्षको आरोप रहेको छ । बुधबारको संसद बैठकले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेकाले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको केसी पक्षले जनाएको छ ।
सरकारी उदासिनताकै कारण अहिलेसम्म कुनै प्रगति नभएको उनीहरुको भनाई छ । गएको बिहीबारदेखि १३ औं पटक अनसन बसेका डा। केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्