छुट्टीमा नेपाल आउदै हुनुहुन्छ ? श्रम स्वीकृतिको लागि यी कागजात अनिवार्य



२४ कात्तिक, काठमाण्डौं । वैदेशिक रोजगार विभागले विभिन्न देशमा कार्यरत नेपाली कामदारहरुले घर विदामा आउँदा आवश्यक कागजात नहुँदा पुन: श्रमस्वीकृति दिन समस्या पर्ने बताएको छ ।

विभागका अनुसार वैदेशिक रोजगारीबाट घर विदामा आएका कामदारहरुको प्रवेशाज्ञा, करारपत्र तथा बैदेशिक रोजगार विभाग अन्तर्गतका कार्यालयबाट जारी श्रम स्वीकृति सम्बन्धी कागजातहरुमा पेशा लगायतका विवरणहरु फरक पर्दा पुनःश्रमस्वीकृति दिन समस्या परेकोले सुचना जारी गर्नु परेको जनाइएको छ ।

विभागले जारी गरेको सुचनामा घर विदामा आउने कामदारले आफू कार्यरत कम्पनीमा पुगे पश्चात तुरुन्तै आफ्नो प्रवेशाज्ञा तथा करारपत्रको पेशा सम्बन्धी विवरणमा आफ्नो वास्तविक पेशा अनुरुप नै हुने व्यवस्था मिलाइने जनाएको छ ।

विभागका अनुसार कामदारले We guarantee that actual profession of mr.mrs… will be updated immediately upon arrival and that company will manage all necessary management to reflect the real profession in his/her visa document and contract paper. भन्ने व्यहोराको पत्र कामदारको कम्पनीको आधिकारीक लेटरप्याड तथा कम्पनीकै आधिकारीक इमेलबाट वैदेशिक रोजगार विभागको कार्यालय तहाँचलको इमेल ठेगाना [email protected] मा पठाएर श्रम स्वीकृति लिन सकिने विभागले जनाएको छ ।

विभागको विदेशस्थित नेपाली दूतावास लगायत गैरआवासीय नेपाली संघ संस्थाहरुमार्फत् कामदारहरुमा उक्त सूचना सम्प्रेषण गर्न समेत अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्