‘समाजबाद निर्माणका लागि बाम एकता’



दिपक बोहरा
दाङ १ कात्तिक।

टिकाराम खड्का , अध्यक्ष नेकपा एमाले दाङ
भखरै मात्रै माओवादी केन्द्र, नेकपा एमाले, नयाँ शक्ति पार्टीबीच चुनाबी तालमेल गर्ने सहमती भएको छ । चुनाब पछि बामपन्थी पार्टीहरुबीच एकता गर्ने पनि सैद्धान्तिक सहमती भएको छ । बाम तालमेल र एकता हुने समहती भएसंगै राजनीति धु्रबीकरण बढेको छ । च्याउ जस्तै उम्रिएका साना पार्टीहरु पनि ध्रबिकरण गर्ने कसरतमा लागेका छन् । अस्थीर सरकारले गर्दा सम्बृद्धि हुन नसकेको अबस्थामा कम्युनिष्ट पार्टीहरुबीचको एकताले आम नेपालीमा आशा पलाएको छ । तर कतिपयले भने पार्टी भित्रकै आन्तरीक बिवाद मिलाउन नसक्दा कम्युनिष्ट पार्टीहरु टुट्फुट हुने गरेको भन्दै एकताले लामो समय टिक्न नसक्ने प्रतिक्रिया दिदै आएका छन् । यसैसन्दर्भमा एमाले दाङले बाम एकतालाई कुन रुपमा हेरेको यसैबिषयमा सहकर्मी दिपक बोहराले एमाले दाङका अध्यक्ष टिकाराम खड्कासंग कुराकानी गर्नुभएको छ । – सम्पादक

दाङमा बाम एकता पछि सबै कार्यकतालाई मिलाएर लैजान कतिको चुनौती छ ?
स्वभाबिक रुपमा चुनौती छ । चुनौती बिना कुनै बिकास पनि सम्भब छैन् । चुनौती त छ नै । तर सबैको भाबना के हो भने चुनौतीका बाबजुत पनि एकता भएर जाने, मुल मिसनका साथ अगाडि बढ्ने कुरा हो । मुख्य त अबको सरकार कस्ले नेतृत्व गर्ने, अब मुलुकको कस्तो खालको अर्थतन्त्र बन्ने, मुलुकलाई कसरी सम्बृद्धि बनाउने भन्ने राजनीतिक , आर्थिक एजेण्डाको कुरा हो । त्यो एजेण्डामा मिल्न सक्ने राष्ट्रबादी र बामपन्थी शक्तिहरुबीच कार्यगत एकता गर्ने गरी सहमती भएको छ । खासगरी बामपन्थीको एउटा धार र समाजबादी प्रजातान्त्रीक समुह भनेर चिनिने काग्रेसको अर्को धार गरी दुई धारकबीचमा अहिले आस्थाका हिसाबले ध्रुबीकरण भएको छ । त्यो स्वभाबिक कुरा हो । बिगतमा हामी पञ्चायतका बिरुद्धमा संगै लड्यौ, गणतन्त्र प्राप्त गर्दा संगै लड्यौ अब हाम्रो लडाई समाजबादी अर्थतन्त्रलाई सम्बृद्ध गर्ने , देशमा गरिबी हटाउने , यहाँ हुने गरेका सबै खाले भेदभाबलाई हटाउने र समाजलाई आत्मनिर्भर बनाउनेकुरा मुख्य भएकाले यसलाई अगाडि बढाउन हामीले एकता गर्ने सैदान्तिक सहमती गरेका हौं । हामी परिबर्तनशील बाटोमा लाग्न चहान्छौं । यथास्थिीतिबादीहरु यो बाटोमा अब एक कदम पनि अघि बढ्न चहादैनन् । यही बाटोलाई नै कुरेर बसेका छन् । यस्तो परिस्थितीमा हामीले यथास्थितीबादी राजनीतिक संस्कारको अन्त्य गर्दै सम्बृद्ध समाज निर्माण गर्ने कुरा, सम्बृद्ध अर्थतन्त्र निर्माण गर्ने कुरा, संस्कृती र राजनीतिक हिसबाले समाबेसी समाजको निर्माण गर्ने कुरामा हामी लागेका छौंं । नेकपा एमालेले यो बिचार राखिरहदा माओवादी केन्द्र र नयाँ शक्तिपार्टीले समर्थन ग¥यो । त्यति मात्रै नभई स्वतन्त्र व्यक्ति यो एकतामा आबद्ध हुने क्रम जारी छ । त्यसैले राष्ट्रबादी शक्तिहरु बामपन्थी मोर्चा बनाएर भाबी रणनीति गरिने एकता हो । त्यो एकता महान उदेश्य भएकाले सफल हुन्छ । तर कसैको सामान्य बिमती नै हुँदैन् भन्ने हैन् ।
भखरै मात्रै एमाले , माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनाबी तालमेल गर्ने र चुनाब पछि पार्टी एकता गर्ने भन्ने सहमती भएको छ । तर दाङबाट फरक फरक उम्मेदवारी सिफारिश गर्नुभएको छ । यस्तो अबस्थामा के हुन्छ ?
स्वभाबिक रुपमा हामी अलग पार्टी छौं अहिले नेकपा माओवादी केन्द्र, नयाँ शक्ति र एमाले फरक तीन पार्टी हौं । यी ती पार्टीले प्रदेश र संघको चुनाबमा तालमेल गरेर जाने सैदान्तिक रुपमा सहमती गरेका छौं । त्यो सैदान्तिक रुपमा सहमती भए अनुसार नै हेडक्वाटरको बैठकले कुन कुन जिल्लामा कस्लाई छोड्ने, कुन कुन क्षेत्रमा कस्लाई दिने भन्ने बिषयमा अन्तिम टुंगो लगाउने छ ।

एमाले दाङले क्षेत्र नं. २ बाट संघमा शंकर पोख्रेललाई सिफारिश गरेको छ । माओवादी केन्द्रले पनि कृष्णा बहादुर महरालाई सिफारिष गरेको छ । अब कृष्णा महराले टिकेट पाएपछि एमाले दाङ स्वीकार गर्न तयार हुन्छ ?
आफ्नो पार्टीले निर्णय गरिसकेपछि हामी स्वीकार नगर्ने कुरा हुँदैन् । जब हामी एकतामा गएपछि सहमतीको बिन्दु जहाँ हुन्छ, त्यहाँ जान्छौं । यदि हामी यो शक्तिहरुबीच मिलेर गयौ भने जुन सुकै क्षेत्रबाट जो लडेपनि हार्ने कुरा छैन् । प्रतिष्पर्धामा पहिलो पार्टी बन्छौं । त्यसो भएको कारणले कुन क्षेत्रमा लडने भन्ने कुरा माथिको सहमतीबाट टुंगो लाग्ने कुरा हो । प्रस्ताबको रुपमा तलबाट गएका छन् । ती प्रस्ताबको समायोजन गरेर टुंगो लगाउने कुरा केन्द्रले गर्छ । मलाई लाग्छ , एउटै क्षेत्रबाट दुईटा उम्मेदवार उठ्ने कुरा बाम एकता होईन्, कार्यगत एकता हुँदैन् । त्यो रहन पनि सक्दैन् । पार्टीहरुले गर्ने निर्णय एउटा कुरा होला । अब माथि कार्यदलले त्यसको सबै समस्या समाधान गरेर लैजान्छ । हामी दाङकै तीन वटै क्षेत्रमा मिलेर जाँदा खेरी जहाँबाट जो लडेपनि कुनै असहज हुने अबस्था छैन् । हामी एकताबद्ध भएर पनि जान्छौं, हामी सहकार्य गरेर पनि जान्छौं । अब उम्मेदवारी कस्ले कहाँ हाल्यो, के ग¥यो भनेर नआत्तिन पनि सबैलाई अनुरोध गर्न चहान्छु । माथिबाट जे टुंगो लाग्छ, त्यहीबाट गएर हाम्रो साथिहरु लडनु हुन्छ । अहिले प्रस्ताब गरेका कारणले हुँदैन की भन्ने खालको आशंका छ भने त्यो भ्रम मात्र हुने छ ।
हजुरले यति भनिरहदा माओवादी केन्द्र र एमाले दुई धारका खुकुरी हुन्, एउटै दाबमा अट््दैनन्, भनेर पनि बिश्लेशन गरिएकोछ । यस्लाई एमाले दाङले कसरी लिईरहेको छ ?
एउटैै परिवारका शक्ति पनि हुन नी यीनी । जन्मदा संगै जन्मेका हुन् । जन्मि सकेपछि स्वाभाबिक रुपमाले प्रतिस्पर्धा भयो होला । त्यो स्वभाबिक हो । एउटै परिवार, एउटै धर्ती, एउटै बिचारबाट जन्मिएका पार्टीहरुबीचको एकता के असम्भब छ र ।

नेताहरुको संस्कृती, प्रबृति र पुरानो बिरासतको मानसिकतालाई नबदलता सम्म बिचार र आबश्यकतालाई मात्रै मिलाएर गरिएको एकताले लामो समय टिक्दैन भनेर पनि भन्ने गरिएको छ ?
मुलुकले यत्रौ लामो राजतन्त्र समाप्त गरिसक्यो । गणतन्त्र प्राप्त भईसक्यो । मानसिकता त परिबर्तन भईहाल्छ नी । मान्छेसंग सधै राजतन्त्र कालमा भएको जस्तो मानसिकता रहदैन नी । युग कहाँ गईसक्यो, अब कुनै पनि ब्यक्तिले पुरानो बिरासत सम्झेर , पुरानो सपना सम्झेर बसि रहन सक्दैन् । समाज परिबर्तनशिल छ , गतिशिल छ । जुनसुकै बेला पनि त्यो गतिलाई जसले पकड्न सक्छ, त्यसले मुलुकको नेतृत्व गर्न सक्छ । युगको प्रतिनिधित्व गर्न सक्छ । युगको नयाँ आशा लाग्ने जस्तो बिचार र दृष्टिकोणको नेतृत्व गर्न सक्छ । जसले त्यो गति पकड्न सक्दैन्, त्यो त्यही सिद्धिन्छ । जुन पार्टीले बिज्ञान र परिबर्तनलाई बिश्वास गर्छ , त्यो पार्टीले मुलुकको नेतृत्व गर्न सक्छ । एकाध कुनै कुराका कारणले पुरानो बिरासत सम्झेर खुम्चिन्छन् की भन्ने कसैलाई लागेको भए यो नलाग्दा हुन्छ ।

तालमेललाई एमाले दाङले कसरी हेरेको छ ?
सरकार बनाउने कुरा हो । प्रदेशको राज्य बनाउने कुरा हो । अब मुलुकको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने कुरा हो । यथास्थितिबादी अर्थतन्त्रको पक्षमा लाग्ने की समाजबादी अर्थतन्त्रमा लाग्ने अग्रगामी अर्थतन्त्रको पक्षमा लाग्ने , अग्रगामी समाजलाई सम्बृद्धि गर्दै अगाडि बढ्ने की यथास्थितिबादी समाजमा अगा िबढ्ने । यो दुईटा खालको लडाई हो । त्यसकारण जो अग्रगामी पक्षमा उभिन्छ त्यो माओवादी , एमाले , नयाँ शक्तिलगायतका राष्ट्रबादी शक्तिहरु एक ठाउमा उभिन्छन् । जो यथास्थितीबादी शक्तिहरु छन्, तिनीहरु त्यही ठाउमा गएर उभिएर गोलबन्द हुन्छन् । त्यो राजनीतिको स्वभाविक नेचर हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्