प्रमाणीकरणमै कसैको एकै दिन, कसैको हप्तौं !



काठमाडौं : एक व्यवसायीले दुई साता अगाडि मलेसियास्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणका लागि आवेदन गरे । तर त्यो आवेदन दूतावासले अझैसम्म प्रमाणीकरण गरेको छैन । तर आश्चर्य त्यही दूतावासमा अर्का एक व्यवसायीले पेश गरेको मागपत्र चार घण्टा बित्दा नबित्दै प्रमाणीकरण भएर बाहिरियो । दूतावासले आफू समक्ष आउने मागपत्र प्रमाणीकरणका लागि १० दिनको समय तोकेको छ । यसअघि उसले यो अवधि ५ दिन तोकेको थियो । जुन अवधि तोकिए पनि कुनै व्यवसायीको तुरुन्तै र कुनै व्यवसायीको हप्तौं लाग्ने गरेको गुनासो स्वयं व्यवसायीहरुले नै गरेका छन् ।

यो गुनासोलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि पुष्टि गरेको छ । संघको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको महासचिव श्रेष्ठ सुजित कुमार श्रेष्ठले मध्यान्हलाई बताए ।

मलेसियाको रोजगारी सुचारु भए पनि नेपाली दूतावासबाट व्यवसायी छानेर मागपत्र प्रमाणीकरण गर्ने काम भएको भन्दै महासचिव श्रेष्ठले पहुँचवाला व्यवसायीको एकै दिनमा मागपत्र प्रमाणित भए पनि पहुँच नहुने कतिपय व्यवसायीले पेश गरेको डिमाण्ड प्रमाणीकरण गर्न तीन हप्ता भन्दा लामो समय लागिरहेको बताए । उनले संघको प्रतिनिधिमण्डल साउदी अरब पछि मलेसिया जाने निर्णग गरिएको पनि जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्