वैदेशिक रोजगारीको आडमा मानव बेचविखन बढ्दो क्रममा



काठमाडौं, मंसिर २० । वैदेशिक रोजगारीको आवरणमा मानव बेचविखन बढ्दो क्रममा रहेको पाएको छ । सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको हो । मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धीत रहेको पाइएको छ ।

सरकारले वैदेशिक रोजगार व्यवसायका नाममा देखिएको अराजकतालाई नियन्त्रण गर्न नसक्दा वैदेशिक रोजगारीको आडमा मानव बेचविखन तथा ओसारपसार बढेको अध्ययनले देखाएको छ ।

महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समुहले मानव बेचविखन तथा ओसारपसारसम्बन्धी सामग्रीहरुको अध्ययन तथा विश्लेषण गरी तयार गरिएको प्रतिवेदनले ठगीमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता पनि दोषी देखिएका हुन् ।

वैदेशिक रोजगारीको नाममा भइरहेको मानव बेचबिखनको धन्दालाई ठगी घटनाका रूपमा मात्रै हेर्ने प्रवृत्तिले मानव बेचबिखनका घटना कम देखिएको सीआईबीको मानव बेचबिखन सेलका डीएसपी राजकुमार सिलवालको टिप्पणी छ । उनी भन्छन्, “वैदेशिक रोजगारीको प्रलोभन देखाएर हुने मानव बेचबिखनको धन्दा डरलाग्दो बन्दै गएको छ ।

वैदेशिक रोजगार व्यवसायका नाममा देखिएको अराजकतालाई नियन्त्रण गर्न सरकारले अझै सकेको छैन् । नसक्दा वैदेशिक रोजगारीको आडमा मानव बेचविखन तथा ओसारपसार बढेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्