रोजगारीका लागि नेपाल आउने विदेशी कामदार बढ्दै, कति आए ?



पछिल्लो समय रोजगारीका लागि नेपाल आउने विदेशी कामदार बढ्दै गएका छन् । नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ । नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको क्रम बढेको हो ।

श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्नसकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो ।

गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या १४ प्रतिशतका दरले बढेर १ हजार ४८३ पुगेको छ । अघिल्लो वर्षको तथ्याकंअनुसार वैशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारको संख्या भने १ हजार ३०५ रहेको थियो । रोजगा्ीका लागि नेपाल आउनेको संख्या बढेपनि नेपालका कामदार भने धमाधम बाहिर गइरहेका छन् ।

आफ्नै देशमा केहि गर्न सकिन्छ भन्ने मान्यता नै नभएकाले पनि उनीहरु विदेश पलाएन हुन थालेका हुन् । पछिल्लो समय विदेश जाने होडबाजी नै चलेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्