कतार जानेभन्दा फर्कने कामदार बढी, के कारणले हुँदैछ यस्तो?



काठमाडौं । विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ ।नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन ।

कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भए पनि आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने देखिन्छ ।

कतारमा हुने विश्वकम फुटबलका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगसँगै त्यहाँ कार्यरत अदक्ष नेपाली श्रमिकको संख्या घट्दै गइरहेको देखिएको हो ।कतारी सरकारले हालै सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्ष कतारमा ४ लाख नेपाली कामदार थिए।

यस वर्ष ३ लाख ४१ हजार कामदार मात्रै कार्यरत रहेको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले जानकारी दिए। यद्यपी दक्ष प्राविधिकको माग भने धेरै रहेको दूतावासले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्