सुस्ताउदै दलित आन्दोलन ,झाङ्गिदै जातीय संस्थाहरु

जतिजति जातीय सस्था मजुबुद र झाङ्गिदै जान्छ उति नै दलित आन्दोलन कमजोर हुँदै जान्छ


पछिल्लो समय एउटा होडबाजी र प्रतिस्पर्धा नै बनेको छ कि जातीय संस्थाहरु खोल्ने र संस्थाको प्रमुख बन्ने र खादा र माला लगाउने ।
विशेष गरी दलित समुदाय भित्रका बिश्वकर्मा , परियार र मिजार एकअर्काको प्रतिद्वन्दी र दुश्मनी अनि प्रतिस्पर्धामा उत्रेको जस्तो देखिन्छ ।
देश देखि बिदेश सम्म अहिले सिङ्गो दलित आन्दोलन , दलित समुदायको अबस्था र जातीय विभेद र छुवाछूतबाट मुक्त र न्याय पाउनको लागि सामुहिक दलित एकता भन्दा पनि आ- आफ्नो थरका जात भित्रका जातीय संगठन खोल्ने र एकता गर्ने अभियान नै भएको छ । विशेष गरी कोरिया , कतार , दुबई , कुबेत देखि प्राय हरेक देशमा बिश्वकर्मा र परियारका छुट्टाछुट्टै संगठन बनाउने होडबाजी नै छ ।हरेक देशका कार्यक्रम र हरेक जिल्लाका कार्यक्रम समग्र दलित समुदायको हुनै छोडयो जहाँ पनि बनभोज होस् या कार्यक्रम नितान्त आफ्नै जातियका मात्र हुन थाले ।

एकातिर यसरी आफ्नो आफ्नो जातीय एकताले मानसिकता अन्त्यतै रिजिट र साँघुरो बनाउदै लगेको छ भने अर्कोतिर बिश्वकर्माले आफुलाइ दलित भित्रको ब्रामण भन्ने अनि परियारले बिश्वकर्मालाइ गैर दलित सरह नै व्यबहार गर्ने गैर दलितले पनि हामीले छोएको खादैनन् अनि बिस्वकर्माले पनि खादैनन् न त बिवाहा चल्छ भनी परियारले बिश्वकर्मालाइ दुस्मन देख्ने अनि मिजारले सबै बिक र परियारले खाइसके कोटा हामी पनि के कम अब यिनिहरु भन्दा हामी माथी जानू पर्छ भन्ने यहि मानसिकताले एकाअर्कालाई दुस्मन देख्ने र जातीय झुन्डमा आ-आफैं लाग्ने

तपाईंहरु जति नै आदर्शका कुरा गर्नुस् समाजको तितो यथार्थ यहि नै हो अहिले पनि एउटा बिश्वकर्माले आफ्नो छोरी परियारलाई बिवाहा गरि दिन चाहदैनन् , एउटा मिजारको छोरी बिस्वकर्माले ल्याउदा बुहारी स्विकार्दैनन् यो तितो यथार्थ हो किन की यहि कारण हो दलित भित्र हामी सबै एक हौं हामी भित्र अन्तरघुलन हुनुपर्छ भनी नसोच्नुको कारण एउटा बिक , परियार र मिजारले भोग्ने जातीय विभेद र छुवाछूत एउटै हो र हामी फुटनु हुदैन एक हुनु पर्छ भन्ने तिर नसोची जातीय आफ्नै झुन्ड खोज्नु ।

धेरै घटना छन् बिक र परियारको छुट्टाछुट्टै धारा भएको , धेरै बिवाहा छन दलित भित्रनै सानो र ठुलो जात भनी बुहारी नभित्राएको ।
के हामीले अब सिङ्गो दलित समुदायको मुक्ती र एक हुने भन्दा आफ्नै आफ्नो समाज खोजी टुक्रिने हो त ?
दलित भित्र पनि ” हामी परियार परियार मात्र अगाडी बढने हो, हामी बिश्वकर्मा – बिस्वकर्मा मात्र अगाडी बढ्ने हो” भनेर यस्तो मानसिकताबाट अगाडि बढ्ने हो भने अझैं पुस्तौ लाग्छ हामी जातीय विभेद र उत्पीडिनबाट मुक्त हुन।

जातिय संगठनबाट दलित मुक्ती सम्भब छैन बरु दलित आन्दोलनलाई कमजोर बनाउछ ।
अहिलेका दलित युवाहरू यो मानसिकताबाट माथी उठ्न जरुरी छ ।
आजभोलि यतिसम्म कि कसै माथी घटना घट्दा समेत यो परियार हो कि बिक हो भने यस्तो जातीय नजरबाट हेर्ने सहयोगका अभियानमा समेत यसरी नै हेर्ने गर्छन् ।
काठमाडौको बानेश्वरमा दलित आन्दोलनमा निस्कने मुस्किलले २ सय हुन्छन तर बिश्वकर्माको कार्यक्रम भने पछी ५,६ सय उपस्थिति हुन्छ यहाँबाट पनि के बुझ्न सकिन्छ भने जातीय संस्थामा जस्तो सिङ्गो दलित आन्दोलनमा हाम्रो ऎकबद्दता र एकता छैन भन्ने ।
बिक , परियार र मिजार बाहेक अन्य दलित भित्रका अझै पछाडी पारिएका डोम , मुसहर , बादी देखि अन्य दलितहरु त दलित नै होइनन् जस्तो भएको छ ।
सुस्ताएको दलित आन्दोलनले समेत यी समुदायहरुलाई छुन सकेको छैन ।
जतिजति जातीय सस्था मजुबुद र झाङ्गिदै जान्छ उति नै दलित आन्दोलन कमजोर हुँदै जान्छ र अहिलेको परिवेशमा हेर्दा साच्चिकै दलित आन्दोलन कहाँ छ भनेर खोज्ने बेला भएको छ तर यहा जातीय सगठनहरु पुरै सकृय भएको छन् । हामी अब पनि दलित भित्र परिनै सबै एकै हौं भनि सबै उत्पीडित र मुक्ति चाहनेहरु एक ठाउँमा उभिन र एक हुन सक्दैनौं भने अब हामीले फेरी पनि हामीले भोग्दै आएका बिभेद र छुवाछूतलाई निरन्तरता नै दिइरहनेछौं किनकी जातीय सगठन मजबुत र दलित आन्दोलन कमजोर हुनु भनेको अन्य छुवाछूत र विभेद गर्नेहरुका लागी हौंसला र उनिहरु मजबुत हुनु हो ।
जबसम्म हामीमा दलित भित्र कोहि सानोठुलो छैन हुनुहुदैन् हामी एकै हौं र एक हुनुपर्छ भनी एक हुदैनौ तबसम्म हामी मात्र होईन हाम्रा सन्तति पनि यहि दलित भएर यहि छुवाछूत र बिभेदको शिकार बनिरहनेछन् ।

होला केहि हदसम्म फाइदा जातीय संस्था खोली एक हुनु त्यो त्यहि परिवारहरुको लागि होला तर हामी त्यहाबाट माथी उठि हामी सदियौ देखिको जातीय विभेद अन्तयको लागी एक हुन जरुरी छ ।
अजित मिझार अन्तरजातीय बिवाहा गरेका युवकको लास ५ बर्ष देखि टिचिङ हस्पिटलको मुर्दा घरमा चिसो बरफ बनेको छ ।
राजनीतिरूपमा हाम्रो दबाब नपुग्नु , आन्दोलनले आधिबेहरी ल्याउनु नसक्नु , हाम्रो एकता नहुनु यी याबत हाम्रा पनि कमजोरी हुन् जसले गर्दा आज पनि जात कै कारण हाम्रा दाजुभाइ अन्तरजातीय बिवाहा गर्दा मर्नु परेको छ ।हाम्रा दिदिबहिनीका शरिरसंग मोज गरि स्वीकार गर्नु पर्छ पेटको बच्चा सहित त्रिशुलीमा फालेर मारेका छन् ।
हामी अब हाम्रा सोचबाट अलि माथि उठौं वास्तबमा हामी मानब हौ भनी आत्मसमान र स्वतन्त्रता पुर्बक आफ्नो अधिकार लिन चाहन्छौ भने जातीय संगठन होईन दलित एकता गरौ एक हौं ।
जातीय संगठनले हामीलाई कमजोर र अन्य समुदायलाई बलियो बनाउछ।

दलित समुदाय माथीको बिभेदको अन्त्य गर्न सबै एक हुने कि बिक , परियार र मिजारका छुट्टाछुट्टै समाज बनाई दलित भित्र नै फुट्ने हो ?
जवाफ आफै भित्र खोजौं ।

सरु सुनार -संन्चारकर्मी  तथा महिला अधिकारकर्मि
( लेखकको निजि बिचार )

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्