चाइना मै जहाज पुग्दा संस्थाले सहयोग दिएको सामान ल्याउन नहुनी ” कस्तो मानबता हराएको सरकार “



चाइना मै जहाज पुग्दा संस्थाले सहयोग दिएको सामान ल्याउन नहुनी ” कस्तो मानबता हराएको सरकार ” पछिल्लो समय चाइनाबाट नेपाल सरकारले ल्याउन लागेको covid -19 विरुद्ध चाहिने स्वास्थ सामाग्री खरिद बिक्री प्रकरणमा लापरबाही भएको भन्दै स्वास्थ मन्त्री बिबादमा तानिए पछि सामाजिक संजालमा चर्को बिरोध र सरकारको आलोचना समेत भएको छ । सरकारले किन्न लागेको सामाग्री र चाइनामा पाइने सामानको मुल्यमा निकै महङ्गोमा सरकारले किनेको भन्दै चाइनाबाट एनाआरएन आइसिसी सदस्य नबिन बिकले यसको सामाजिक संजालबाट नै पर्दाफास गरेका थिए ।

हेर्नुहोस … अर्को लापरबाहीको फेरि भन्डाफोर गर्दै नबिन बिकको स्टाटस ..

 

म बोल्दिन भनेर बसेको थिए तर टुलुटुलु बेतिथी हेर्न पनि सकिन , नेपाल सरकारले सरकारी कुटनितिक च्यानल प्रयोग गरेर प्राईवेट कम्पनीले चार्टर गरेको ब्यापारीक उडानको लागी चीन सरकार संग अनुमति लिन मिल्ने तर त्यही बिमानमा ज्याकमा फाउन्डेसनले सरकारको नाममा अनुदान दिएको २००००/- ( बिसहजार) पिसिआर टेस्टिङ किट ५० केजी जति र चाईनिज कम्युनिस्ट पार्टीले दिएको सामान सहित केही चाईनिज सहयोगी संघसंस्थाले दिएको १ टन जति मेडीकल राहत सामग्री हालेर नेपाल ल्याउन नहुनी? कस्तो मानबता हराएको सरकार? आफ्नै जहाज चीन जादा पनि यस्तो बिपदमा देशलाई चाहिने अत्यावश्यक सामान पनि ल्याउन पहल गर्न नसक्ने कस्तो सरकार? सरकारले त्यो जहाज दिदा र परमिट मिलाउदा किन आफ्नो सामान ल्याउन पर्ने सर्त र अडान अघि सार्न सकेन? चाईनिज हरुले सरकारकै राहत सामाग्री बोक्ने ठानेर अनुमति दिएका थिए तर आफुले अनुदान दिएका सामानहरु जहाज आउदा पनि नलिई छोडेर जादा चाईनिज सरकारले के सोच्छ होला? ती सरकारले कुटनितिक तवरले मिलाईदिएको चाटर्ड उडानमा मेडीकल सामग्री मात्र नभई धेरै जसो ननमेडीकल सामन भएको हुदा लोड गर्न लागीएको आधा भन्दा बढी सामन चाईनिज भंसारले रोकीदिएको छ। चाईनिज समय ७ बजे तिर उड्नुपर्ने जहज अझै उडन सकेको छैन ।

हे सरकार कहिले काही त देश र नागरिकको लागी पनि सोच्ने गर ।🙏🏼

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्