बिपदको बेला सहयोगको नाममा सेल्फी



कोरोनाको कारण अहिले नेपालको जनजीवन अस्तब्यस्त बन्दै गएको छ । लकडाउनको बेला दैनिक श्रम गरि खानी नेपालीलाई यतिबेला रोगको भन्दा भोकको चिन्ता बढी रहेको छ । विभिन्न ब्यक्ति र संस्थाको नाममा यतिबेला नाम कमाउने र सेल्फी खिच्नेको बिगबिगी यती कि यति लाजमर्दो दुइवटा केरा चारजनाले दिदै गरि फोटो हाल्दा साचिकै सहयोगको नाममा सेल्फी हान्नै बाडेको हो कि जस्तो देखियो ।

 

१ वटा केरा दिएर १० जनाले फोटो हाल्ने देखि सांसदले त्यो गाउँको घर–घरका गरिब परिवारलाई आधा किलो दाल,आधा किलो एक लिटर तेल, एक किलो दाल, एक पोका नुन र ५ किलो चामल फलानो सांसदले बितरण गर्नुभएको छ भनेर कार्यक्रममा टोल बिकास देखी पुरै ५० जनाको सहभागिता रहेको फलना सांसद सचिबालले जानकारी दिएकोे छ भनेर भोलिबाट जेसीआइले सहयोग बितरण गर्ने सामन संकलन हुँदै छ भनेर आज नै रेडियो मा समाचार हाल्दिन पर्यो भनेर पुरै त्यो गाउका गरिब खान नपुग्ने करिब १५ घर लाई राहत बितरणमा सहभागीहरु १० ओटा गाडी लिएर राहत बितरणमा सहभागीहरु को पहिला सामान दिन मिल्दैन फोटो खिच्न आउँनुहोस् अनि सकेसम्म गरिब र अनुहार नराम्रो भएकाहरु फोटो लिने काम सुरु हुन्छ ।

नाम कै लागी फेसबूकमा एक पिस माक्स दिएर पनि दश जनाले फोटो खिचेर समाचार बनाइ दिन पर्यो भनेको पनि देखिन्छ । बाकी कुरा सामजिक संजालमा व्यापक रुपमा फोटोहरु भेटिन्छन् भने समाजिक संजालबाट लिएका फोटाहरु हेर्न सक्नु हुन्छ । रिबन काट्न सांसदहरुको तछाडमछाड हुन्छ भने अनलाइनहरुमा समाचारहरु हाल्न हतार हुन्छ । हुन पनि अरु नयाँ समाचारहरु पनि लिन गारो छ । उनीहरुको बिरुद्धमा समाचार लेखेमा जिल्ला तिर बस्न नै गारो हुन्छ । रोगलाइ उपचार पुगोस् भोकलाइ एक पेट अघाउनी राहत पुगोस , दुइटा केरा लिएर यो कस्तो राहत , पीडितलाई झन पीडित बनाउनी काम नहोस् ….!

स्वच्छ र मानबिय धर्म पूरा गर्न पो राहत …

सरु सुनार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्