नायिका पुजा शर्माले फिल्मी प्राबधिकहरुलाई दुईलाखको खाद्यान्न सहयोग गर्ने



नायिका पुजा शर्माले फिल्मी प्राबधिकहरुलाई दुईलाखको खाद्यान्न सहयोग गर्ने बिश्वभरी कोरोना भाइरसको कारण जनजीवन अस्तब्यस्त बनेको छ । नेपालमा पनि लकडाउन पछि दैनिक श्रम गरि खाने मजदुर र सबैको जनजीवनमा निकै असहज परिस्थितिको सामना गर्नु परेको छ । यसै समयमा नायिका पुजा शर्माले फिल्मी प्राबिधिकहरु जुन अफ्टारोमा छन् उनिहरुलाइ रु दुइलाखको खाद्यान्न सहयोग गर्ने घोषणा गर्दै फेसबुकमा स्टाटस लेखेकी छिन …

नमस्कार,
विश्व यतिबेला कोरोना संक्रमणका कारण संकटमा छ । यो अवस्थामा एकले अर्काको सहयोग गर्नु हामी मानवको कर्तव्य हो । मलाई विश्वास छ, यो संकटबाट हामी चाडै बाहिर आउनेछौ ।
तर, कोरोना संत्रमणका कारण नेपाली चलचित्रका केही प्राविधिकहरु समस्यमा हुनुहुन्छ । कलाकारको दुख र सुखमा साथ दिने तीनै प्राविधिकहरुका लागि यो समयमा सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।
यसैले, प्राविधिक दाजुभाई तथा दिदीबहिनीहरुको कामको उच्च सम्मान गर्दै यो संकटको घडीमा मैले आफनो तर्फबाट नगद २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने जानकारी गराउँछु ।
मलाई विश्वास छ, यो संकटको घडीमा हामी चलचित्रकर्मी सबैले आफनो तर्फबाट कुनै न कुनै सहयोग आवश्यक पर्ने चलचित्रकर्मीलाई नै गरेको खण्डमा यो समस्याबाट कसैलाई पनि अप्ठयारो पर्नेछैन ।
अन्त्यमा, सबैजना सर्तक रहनुहोला, सुरक्षित रहनुहोला । घर भित्रै रहनुहोला । धन्यवाद । jai nepal jai nepali cinema 🙏🙏🙏m

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्