चिनियाँ कम्युनिष्ट पार्टीले राख्यो माओवादीलाई पहिलो नम्बरमा



सैघाली खबर,
काठमाडौं १४ मसिंर।। चिनिया कम्पुनिष्ट पार्टीले विश्वका ६०० कम्युनिष्ट पार्टीहरुमध्ये नेकपा माओवादी केन्द्रलाई पहिलो नम्बरमा राखेको जनाएको छ ।
चीनमा जारी नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुको अन्तक्रियामा चिनियाँ कमयुनिष्ट पार्टीका विदेश विभागका एसिया व्युरो प्रमुख साओ ल्याङले नेपाली माओवादीप्रति चीन सकारात्मक रहेको बताएका हुन् । नेपाली राजनीतिको अग्रस्थानमा रहेको माओवादी केन्द्रले गणतन्त्र स्थापना, संबिधान निर्माण र शान्ति प्रक्रियाकालागि खेलेको भुमिकाबाट आफुहरु प्रभावीत भएको भन्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक कुसल एवं गहन बिषय उठाउन सक्ने नेता भएको बताए ।
हालै समपन्न १९ औँ महाधिवेशबाट नयाँ समाजवादी क्रान्तिको नीति लिएको चीनले विश्वमा सामाजवाद कसरी अगाडी बढ्छ भन्नेमा चासो लिएको बताए । नेपालले समाजवादी क्रन्तिमा सफलता हात पार्नुपर्ने उनको जोड छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्