‘पहिले अधिकारका लागि लडे, अब अधिकार स्थापित गर्न लड्छु’ -अपार



दिपक बोहरा, तुलसीपुर १५ मसिंर। ।
‘पहिले अधिकारका लागि लडे, अब अधिकार स्थापित गर्न लड्छु’ 
माओवादी केन्द्रका स्थायी कमिटि सदस्य , तुलसीपुर १२ क्याम्पस रोड निबासी जगप्रसाद शर्मा ‘अपार’ दाङ क्षेत्र नं. ३ को प्रदेश सभा १ का उम्मेदवार हुन् । राजनीतिमा स्वच्छ छबि बनाएका अपार सादा जीवन, उच्च बिचार, सरल, कुसल संगठक ,राजनीतिक नेतृत्वका बिश्वास पात्र रहेका छन् । तीन दशक देखी राजनीति शुरु गरेका उनको आन्दोलनका क्रममा दायाँ आँखा गुमाउनु प¥यो । जनयुद्धका प्रथम घाईते समेत रहेका अपार बिद्यार्थी कालदेखी नै भुमिगत हुनु पर्ने बाध्यता रहयो । उनै अपारसंग चुनाबको तयारीलगायतका बिषयमा राप्ती समाचारकर्मी दिपक बोहराले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

बामगठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेश सभा १ को उम्मेदवार हुनुहुन्छ, तयारी के छ ?
हामीले चुनाब प्रचास प्रसारलाई तीब्र बनाएका छौं । क्षेत्र नं. ३ को १ मा तुलसीपुरका ११ वटा वडा पर्छन् । ती वडाहरुमा घरदैलो तथा चुनाबी सभा गरेका छौं ।
बामगठबन्धनलाई जनताले साथ दिएका छन् ?
४÷४ महिनामा सरकार फेरिने र बिकास निर्माणका कामले पुर्णता नपाउँदा यहाँका जनताले सास्ति खेप्नु परेको छ । मुलुकमा अब अस्थिर सरकार हुुनुहुन्न भन्ने जनताको पटक पटकको माग हो । त्यही अनुसार माओवादी केन्द्र र एमालेलगायतका राजनीतिक दल एक भएर अहिलेको निर्बाचनबाट दुई तिहाई बहुमत ल्याउने र बामपन्थीको स्थायी सरकार निर्माण गर्ने लक्ष्य सहित हामी अघि बढेका छौं । यसले गर्दा पनि जनताहरुले अहिले पार्टी भन्दा पनि हाम्रा एजेण्डा र उदेश्यलाई साथ दिईरहेका छन् ।

मतदान शिक्षा पनि दिईरहनु भएको छ ?
पक्कै पनि यो बिगतका भन्दा फरक चुनाब हो । ईतिहासमै पहिलो पटक हुन लागेको चुनाब भएकाले मतदातालाई पनि मतदान कसरी गर्ने भन्ने कुरा अझै पनि जानकारी छैन्, त्यसैलाई मध्यनजजर गरी हामीले घरदैलो संगै मतदाता शिक्षा पनि दिदै आएका छौं । यसपाली तीन वटा मतपत्रमा छाप लगाउनु पर्ने छ । पहिलो हरियो रंगको प्रतिनिधि सभा सदस्य, दोस्रो कालो रङको मतपत्र हुन्छ त्यसमा प्रदेशसभा सदस्यका उम्मेदवारलाई चयन गर्न मतदान गर्नुपर्ने छ ।
साथै तेस्रो मतपत्र रातो हुनेछ । त्यो समानुपातिकको मतपत्र हो । त्यसमा दुई वटा मतपत्र हुन्छन, ती दुई वटैमा मतदान गर्नुपर्ने छ ।

मतदाताले तपाईलाई नै किन मतदान गर्नुपर्ने ?
म बिगत ३० बर्ष देखी परिबर्तनको पक्षमा आवाज उठाउदै आएको छु । मैले यस अघि आम नागरिकको हक अधिकारको लागि लडे अब ती हक अधिकार स्थापित गराउन लडिरहेको छु । त्यसकारण पनि मैले जित्नु पर्छ । परिबर्तनकै पक्षमा म घाईते भए । मेरो दायाँ आँखा गुमेको छ । तर मैले परिबर्तनको मुद्धालाई थाति राखेको छैन् । म मेरै हातबाट मुलुकलाई समृद्ध र बिकसित बनाउन चहान्छु, त्यसैले पनि मतदातालाई मैले भन्ने गरको छु, एक पटक मलाई जिताएर देखाउनुस्, यदि मैले समृद्ध र बिकसित तुलसीपुर बनाउन सकिन भने ५ बर्ष पछि आउने चुनाबमा मलाई लखेट्नुहोला ।’ जनता परिबर्तनको पक्षमा छन् । काग्रेसले पटक पटक यस क्षत्रबाट जित्दै आएको छ । मन्त्री पनि पाएको छ । अहिले पनि यहाँका हरेक समस्या ज्यूका त्यू छन् । अर्को तर्फ मुलुकमा स्थायी सरकार आबश्यक छ । पाँच बर्षमा स्थायी सरकार निर्माण भएमा बिकास निर्माणका कार्यले पुर्णता पाउछन्, त्यसैले पनि बामपन्थिका उम्मेदवारलाई जिताउन आबश्यक छ । हामी बिगतका भन्दा फरक चुनाबमा होमिएका छौं । नयाँ संबिधान कार्यान्वयनको पक्षमा छौं । र हामी नयाँ संघीय संरचनामा गएका छौं । अब पहिले जस्तो बिकासमा माग्न सिंहदरबारमा जान पर्दैन् । हामीले स्थानीय स्तरमै सरकार ल्याएका छौं । अब ती अधिकार स्थापित गर्नु पहिलो काम हो । हामीले सर्ब प्रथम प्रदेशको राजधानी दाङमा बनाउछौं । त्यसका लागि बामपन्थिको दुई तिहाई पुग्नु पर्छ । बामपन्थीको बहुमत पुगेमा प्रदेशको राजधानी दाङ ल्याउन सहज हुन्छ । लामो संघर्ष र बलिदानीबाट प्राप्त संविधानसभाबाट बनेको नयाँ संविधान कार्यन्वयनको चरणमा छौं । अब २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचन पछि संबिधान पुर्ण कार्यान्वयनको चरणमा जान्छ । मुलुकको परिवर्तन,गणतन्त्र प्राप्ती, संघीयता, धर्मनिरपक्षतालगायत समावेशी र समानुपातिक एजेण्डाहरु हाम्रै संघर्षबाट प्राप्त भएका हुन् । यो संविधानको कार्यान्वयन र प्राप्त उपलब्धिको कार्यान्वयन पनि अग्रगामी शक्तिहरुले मात्र गर्न सक्छन् । त्यसैले यहाँका मतदाताले मलाई अमुल्य मतदान गर्नुहुनेछ ।

यहाँका जनताले तपाईबाट के अपेक्षा गर्ने ?
मैले यस क्षेत्रको विकासका लागि खाका तयार पारेको छु । साथै संयुक्त बामपन्थिले संयुक्त घोषणा पत्र मार्फत मुलुक र यस क्षेत्रका लागि विकासको खाका तयार पारेका छौं । मुख्य कुरा मैले यहाँको सडक निर्माण, सुकुम्बासी समस्या समाधान, बाढीपीडितका समस्या सामाधान, सिंचाई सुबिधा बिस्तार, अन्तराष्ट्रिय स्तरको खेलमैदान बनाउने लगायतका थुप्रै ऐजेण्डा हामीले घोषण पत्र मार्फत सार्बजनीक गरेका छौं । समग्रमा हामीले मुलुक र समृद्धिका एजेण्डा अघि सारेका छौं । अहिले दाङका खोलाहरुमा पुल निर्माणको काम ढिलाई भइरहेकोछ । पुल निर्माणलाई चाँडै सम्पन्न गर्नेमा म बाट पुरा पहल हुने छ । खोलाहरुले बर्षेनी कटान गर्दा उर्वरभूमिको क्षयीकरण भइरहेको छ । मैले तटबन्धनका लागि विशेष योजना लिने छु । खानेपानीको समस्या समाधानका लागि उत्तरी क्षेत्रमा हाइड्यामको व्यवस्था गरिने छ ।

थारु समुदायमा लाग्ने सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि मैले उचित विशेषज्ञ सेवाका लागि पहलगर्ने छु । अहिले यस क्षेत्रका सडकहरुको अवस्था निकै नाजुक छ । म प्रदेश सभा सदस्य भएपछि यी सडकहरु कालोपत्रे गर्ने काम मेरो प्राथमिकतामा पर्ने छ । स्थानीयहरुलाई स्वच्छ खानेपानीका लागि घर,घरमा धारा पु¥याइने छ ।
यस क्षेत्रका जनता कृषिमा आधारित छन् । तर, उनीहरु अहिले निर्वाहमुखी खेती गरिरहेका छैनन् । मैले कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई जोड दिनेछु । यसबाट बढ्दो युवा जनशक्ति विदेश पलायन रोकिनेछ । खेतीयोग्य जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गरिने छ । मैले प्रत्येक वडामा पशु तथा वाली विशेषज्ञ सहितको कृषि परामर्श केन्द्र स्थापना गर्न पहल गर्नेछु ।

यस क्षेत्रलाई तोरी र मसुरो उत्पादनका लागि पकेट क्षेत्रका रुपमा विकास गरिने काम मेरो प्राथमिकताभित्र परेका छन् । त्यस्तै सहकारीमा धेरैभन्दा धेरै जनतालाई आवद्ध गराई उत्पादन खरिद र बिक्री पनि सहकारीमार्फत नै गर्नेमा प्रोत्साहन गरिने छ । प्रत्येक परिवारका कम्तिमा एक सदस्यले रोजगारी पाउने व्यवस्था गरिने छ । यस क्षेत्रमा उद्योग, धन्दा स्थापित गरी थप रोजगारीको प्रवद्र्धन गरिनेछ । बालश्रम, लैंगिक विभेद, बलात्कार, यौनशोषण, वालविवाह र मानव ओसारपसार तथा बेचबिखनलाई प्रभावकारी रुपमा नियन्त्रण गरिने छ ।

नियमित घरदैलोमा गईरहनु भएको छ । मतदाताहरुले के प्रतिक्रिया दिने गर्छन् ?
मतदाताहरुले के प्रतिक्रिया दिन्छन्, भने ‘पाँच बर्ष सम्म एउटै सरकारले काम गर्ने हुनुपर्छ । पटक पटक सरकार फेरिरहदा बिकास निर्माणका कामहरु अगाडि बढ्न सकेनन् । मुलुकका ठुला दुई पार्टी माओवादी केन्द्र र एमाले मिलेका छन् । अब मुलुकमा बामपन्थिले दुई तिहाई बहुमत ल्याउछन्, त्यसैले अरुलाई भोट खेर फाल्दैनौ । तर सत्तामा बसिसकेपछि बिकास निर्माणका काम भएनन्, भने ५ बर्षमा फेरी बिकल्प रोज्न बाध्य हुने छौं’ भनेर प्रतिक्रिया दिने गरेका छन् । समग्रमा बामगठबन्धनबाट अहिले मतदाताले धेरै आशा गरेका छन् । अर्को तर्फ प्रदेश नंं ५ मा बामगठबन्धनको दुई तिहाई आउने र बामगठबन्धनका उम्मेदवारलाई बिजय बनाए प्रदेश नंं . ५ को राजधानी दाङमा बन्ने बिस्वास लिएका छन् ।

उम्मेदवारले चुनाबको बेला झुठ्ठा आस्वासन दिन्छन्, भन्ने गुनासो छ नी ?
हामी त्यसो गर्दैनौं । हामीले जे एजेण्डा अघि सारेका छौं । ती काम पुरा गछौं । हामीले अघि सारेका एजेण्डा पुरा भए भने मात्रै पनि देश बिकसित र समृद्ध बन्छ । यस अघिका सांसदहरुले पटक पटकको चुनाबमा जनतालाई महत्वकांक्षि र झठ्ठा आस्वासन दिएर सत्तामा पुग्ने । अनी पछि जनतालाई एक पटक पनि फर्केर नहेर्ने प्रबृतिले गर्दा जनताहरु आक्रोसित बन्ने गर्छन् । तर हामीले महत्वकांक्षि र झुठ्ठा आस्वासन बाँड्दै हिडेका छैनौं । गर्न सक्ने काम मात्र जनताका माझमा लिएका छौं । हाम्रो ईतिहास पनि साँक्षि छ । हामीले बिगतका दिनमा जे भन्यौं, त्यो पुरा गरेरै देखाएका छौं । हिजो  पञ्चायत फाल्छौ भन्यौं र फालेरै देखायौं ।   सामन्तवाद, राजतन्त्र फाल्छौं भनेर नियमित आन्दोलनमा होमियौ, त्यो पनि फालेर देखायौं । हामीले  संविधानसभाद्वारा यो  राज्यको  पुनर्संरचना गदैर्  नयाँ संविधान ल्याउछौं भन्यौ ं त्यो  पनि पूरा गरे र यहाँसम्म आइपुगे का छौ ं । र अहिले  हामीले  के  भने का छौ ं भने  यो  दे शमा आउँदो पाँच वर्षमा दशकौ ंदे खि गर्न नसके का विकास निर्माण र जनताका समस् या समाधान गनेर्  हिसाबले पूरा गछौर् ं  । यही प्रतिब्द्धता लिएर जनतामा पुगे का छौ ं ।

 

तपाईको राजनीति यात्रा कहिले देखी शुरु भयो ?
मैले राजनीतिक यात्रा शुरु गरेको तीन दशक भयो । मैले २०४३ देखी बिद्यार्थी राजनीति शुरु गरेको हुँ । २०४६ सालमा जनआनदोलनमा सक्रिय सहभागी भए । २०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरँे । २०४९ देखी ०५१ सम्म ग्रामिण बर्ग संघर्षको नेतृत्व गरँे । २०५२ साल फागुण १ गते देखी शुरु भएको जनयुद्धको पहलकर्ताका रुपमा उनी थिँए । २०५३ सालमा पार्टीको रुकुम जिल्ला कमिटि सदस्य भएका उनी सोही बर्ष देशकै पहिलो एम्बुसको नेतृत्व गरे । युद्धकै क्रममा २०५५ सालमा उनी घाईते भएँ । त्यतिबेला मेरा आँखामा गोलीका छर्रा लाग्यो । काठमडौं उपचार सम्भब नभएपछि उपचारकै लागि काठमडौ गए । गोलीका छर्राले दुईवटै आँखामा समस्या देखियो । मेरो दयाँ आँखाले काम गर्न छोड्यो । बाँयाँ आँखा पनि आँखाको नानी फेरेपछि काम गर्न थाल्यो ।
०५५ सालमै पार्टीको क्षेत्रीय व्युरो सदस्यको जिम्मेवारी सम्हालँे । २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्बाचित भएँ । आन्दोलनकै क्रममा मैले देशका बिभिन्न क्षेत्रको नेतृत्व गर्दै आएँ । पार्टीकै नेतृत्वका लागि मलाई कहिले पुर्ब त , कहिले पश्चिम खटाईयो ।
राजतन्त्रको अन्त्य गर्न, संघीय गणतन्त्रको स्थापन गर्न र देशको सम्बद्धिका लागि थालिएको १० बर्षे जनयुद्धको बिभिन्न तह र तप्काको नेतृत्वका लागि देशका बिभन्न क्षेत्रमा नेतृत्वका लागि खटाईयो । २०६७ देखी मैले दाङलगायत पश्चिम नेपालको पार्टीको नेतृत्व तहको जिम्मेवारी निर्बाह गर्दै आएको छु । २०४६ देखी ०५५ सम्म रुकुममा, २०५६ देखी ५८ सम्म प्रबासमा, २०५९ देखी ६६ सम्म पुर्बी नेपालमा नेतृत्वका लागि खटाईएको थियो । पार्टीको बिभिन्न आन्दोलनको नृेतृत्व गर्दै मैले निकै दुःख, कष्ठ पनि झेल्नु प¥यो । २०५१ सालमा डोल्पा हिरासतमा ८ दिन र २०५५ सालमा लखनउमा तीन दिन जेलमा बस्नु प¥यो ।

अन्तमा ?
अन्तमा म आममतदाता, आम दाङबासी आमाबुवा, दाजुभाई, दिदी बहिनीहरुलाई के भन्न चहान्छु भने समग्र दाङको बिकास र समृद्धिका लागि मलाई गोलाकार भित्रको हाँसिया हथौडा चिन्हमा मतदान गर्न आग्रह गर्छु । एक पटक जिताएर देखाउनुस्, ५ बर्षमा समृद्धिको दियो बालेर देखाउने छु ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्