दशवर्षमा‘ डिजिटल’ नेपाल – बस्नेत



गिरिराज नेपाली,
घोराही, १६ मंसिर । सुचना तथा सञ्चारमन्त्री मोहन वहादुर बस्नेतले अबको दशवर्षमा समृद्ध र सुन्दर नेपाल मात्रै होइन ‘डिजिटल’ नेपाल बन्ने बताउनुभएको छ । चुनावी दौडाहमा दाङ आईपुग्नुभएका मन्त्री बस्नेतले नेपालका ७ वटै प्रदेश लाई सन २०२७ सम्म डिजिटल नेपाल बनाउने सरकारको तयारी रहेको बताउनुभयो । अब समुन्नत र समृद्ध नेपाल मात्रै होईन, डिजिटल नेपाल पनि बन्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘डिजिटल नेपालको अभियान सुरु भई सकेको छ ।

’ नेपालका हरेक गाउँलाई सुचनाको पहुचमा ल्याउने सरकारले तयारी गरिरहेकाले अब गाउँ ईन्टरनेट सेवा सुचारु गरिने उहाँले बताउनुभयो ।
७ प्रदेशका १४ वटा जिल्लामा यो अभियान सुरु हुने क्रममा पुगेको छ । प्रदेश नं. ५ को दाङ र रोल्पा वाट सुरु गरिदै छ । दशवर्षे जनयुद्धको उदगमथलो रोल्पा र दाङ युद्धमा पेस्लिए, सुचना फट्को मार्न नसकेको र दाङ प्रदेश ५ को राजधानी बन्ने भएकाले रोल्पा र दाङको सुचना विकासका अति आवश्यक रहेको मन्त्री बस्नेतको ठहर छ ।

उहाँले भन्नुभयो– ‘ विश्वकै ठुलो र सुन्दर उपत्यका दाङ, अबको राजधानी दाङ र रोल्पाको युद्ध ईतिहासले विश्व चिनाउछ । ’ अझै सुचना प्रविधिको विकासले स्वतह माथि उठाउने छ ।

उहाँले भन्नुभयो– ‘ सुचनाको हक सवैले पाउने छन । ’
सरकारको प्रवक्ता कुरा राख्दै मन्त्री बस्नेतले सरकारले अब शहर केन्द्रित भन्दा पनि गाउँ केन्द्रित सुचना प्रविधिको विकासको कार्ययोजना थालनी गरेको छ । जुन उद्देश्य दुर्गम वस्ती र क्षेत्रलाई सुचनाको पहुच सम्म जोड्ी त्यहाँको वास्तविकतालाई हरेक नागरिक सम्म पु¥याउनु हो । गाउँ केन्द्रित ईन्टरनेटको सुविधा र हरेक विद्यालयमा कम्प्युटर शिक्षाको विकास अबको माग रहेको उहाँले बताउनुभयो ।

मन्त्री बस्नेतले पत्रकार सम्मेलन मार्फत दाङ नै प्रदेश नं. ५ को राजधानी बन्ने दावी गर्नुभयो । उहाँले भौगोलिक, पर्यावरण, सुरक्षा र संरचना आधारहरु तय रहेकाले दाङ नै राजधानी बन्न सक्ने बताउनुभयो । दाङले खोजेको र रोजेको नै राजधानी अबको आवश्यक्ता पनि रहेकाले दाङ राजधानी हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘ काँग्रेसले दाङ तोक्ने गृहकार्य गरेको छ ।

’ साथै मन्त्री बस्नेतले राजधानी संगै दाङको दिर्घकालिन विकासका लागि सरकारले तत योजना निर्माण गर्दै कृर्षि, पर्यटन र पुर्वाधार विकासका लागि विशेष योजना थालनी गरिने उहाँले बताउनुभयो ।

यही मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि÷प्रदेशसभाको निर्वाचनको बारे कुरा राख्दै मन्त्री बस्नेले सुचनाको संकलन र सम्प्रेषणलाई विश्वसनिय बनाउन पत्रकारहरु लाई सुझाव दिनुभयो ।

साथै मन्त्री बस्नेतले श्रमजिवी पत्रकार र निजि मिडिया हाउसहरुको संरक्षण र विकासका लागि सरकारले आन्तरिक गृहकार्य गरिरहेको बताउनुभयो । श्रमजिवी पत्रकारहरुको पारिश्रमिक र निजि मिडिया हाउसको प्रर्वद्धन र लोककल्याणकारी विज्ञापन नितिको विकास गर्ने बताउनुभयो ।

प्रेस युनियन दाङकी उपाध्यक्ष बसुन्धरा गौतमको अध्यक्षता एंव सुचना तथा सञ्चारमन्त्री मोहन वहादुर बस्नेतको प्रमुख आतिथ्यताका सम्पन्न कार्यक्रमको सहजीकरण सचिव देवेन्द्र बस्नेतले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्