कांग्रेसको प्रचार प्रसारमा प्रयोग गरिएको कारमा आगजनी



सैघाली खबर,
नवलपरासी, १८ मंसिर – ।नवलपरासीको देवचुलीमा कांगे्रसका उम्मेदवारको प्रचार प्रसारमा प्रयोग गरिएको कारमा आइतबार राति आगजनी भएको छ ।
नवलपुर प्रतिनिधिसभा–१ मा कांग्रेसको प्रचार प्रसारमा प्रयोग गरिएको लालकुमार श्रेष्ठको कारमा राति घरमा पार्किङ गरी राखिएको अवस्थामा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।
आगजनीबाट कारको ढोका, सिट लगायतको भागमा क्षति भएको छ । कारमा आगो लगाएको आशंकामा एकजनालाई पक्राउ गरिएको उपरीक्षक जिसीले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्