दाङमा मतपेटिका गणनास्थल ल्याउनेक्रम सुरु



सैघाली खबर
दाङ, २१ । प्रतिनिधी सभा र प्रदेश सभाका लागी भएको मतदान सम्पन्न भएको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान वेलुका ५ बजे समापन भएको मुख्य निर्वाचन अधिकृत हेमन्त राववले जानकारी दिनुभयो ।दाङको कूल १ सय ५१ मतदान स्थलमा ३ सय ९४ मतदान केन्द्रमा भएको मतदानका मत पेटिका गणना स्थल घोराही स्थित भरतपुर स्कुल ल्याउने क्रम सुरु भएको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो । रात अबेर सम्म जिल्लाका सबै मतदान केन्द्रबाट सबै मतपेटीका घोराही आई पुग्ने अधिकृत राववले जानकारी दिनुभयो । मत पेटिका मत गणना स्थल आईपुगे लगतै मत मणतना सुरु गरिने उहाँले जानकारी दिनुभयो । पहिलो पटक प्रतिनिधी सभा दोश्रो पटक प्रदेश सभा र अन्तिममा प्रतिनिधी र प्रदेश सभाको समानुपातिक मतगणना सुरु गरने उहाँले जानकारी दिुभयो ।जसअन्तर्गत क्षेत्र नं १ मा १ सय १९, क्षेत्र नं. २ मा १ सय २८ र क्षेत्र नं ३ मा १ सय ३७ मतदान केन्द« रहेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्