पैसा बाड्न हिडेका बाम गठबन्दन द्वारा कांग्रेस कार्यकर्ता माथि आक्रमण



दाङ । मौन अवधी चलिरहेका वेला बुधवार बेलुका पैसा बाड्न हिडेका वाम कार्यकर्ता र काग्रेस कार्यकर्ता बीच दाङमा झडप भएको छ ।

तुलसीपुर उपमहानगरपालिका १ भमके मिलन चौकका झडप हुदा दुई जना काग्रेस कार्यकर्ता गम्भीर घाइते भएका छन ।

तीन वटा गाडी सहित गाउँमा प्रबेस गरि मतदातालाई पैसा बाड्न थालेका बाम गठबन्धनका कार्यकर्तालाई काँग्रेस कार्यकर्ताले रोक्न खोज्दा झडप भएको स्थानीय ले बताएका छन् ।

मौन अवधीमा तीन वटा गाडी गाउँतिर जान खोज्दा पैसा बाडन जान लागेको संकामा काग्रेस कार्गकर्ताले गाडी रोक्ने प्रयास गरेको र वामका कार्यकर्ता जाइलागेको काग्रेसले वताएको छ । झडपमा केहि मोटर साइकलमा पनि तोडफोड गरिएको छ । झडपको अवस्थालाई प्रहरीले साम्य पारेपनि विस्तृत विवरण भने आउन सकेको छैन । घाइतेहरुको तुलसीपुर सिटी हस्पिटलमा उपचार भइरहेको छ । उता प्रहरीले भने घटना केहि नभएको र सामान्य भएको भनदै घटना लुकाउने प्रयास गरेको छ ।

प्रहरी प्रमुख दुर्गा सिहले झडपमा कुनै पनि घाइते नभएको वताइन । उनले सामान्य विवाद भएको तर प्रहरीले झडप हुन नदिएको उनले वताइन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्