दाङमा शान्तिपूर्ण रुपमा मतदान भयो प्रजिअ



सैघाली खबर
दाङ,२१ मंसिर ।दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन दाङका सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा सम्पन्न भएको बताउनु भएको छ ।

दाङमा रहेका ३ सय ९४ मतदान केन्द्र सबैमा शान्तपुर्वक मतदान कार्य सम्पन्न भएको भन्दै मतदान कार्य भयरहीत तथा शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको प्रजिअ श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ । मतदान कार्यलाई शान्तपुुर्वक सम्पन्न गराउन सहयोग गर्ने आम मतदाता, राजनितिक दल, बुद्धिजिवि, समाजसेवि, कर्मचारी, सुरक्षाकर्मि, मानवअधिकारकर्मि, सञ्चारकर्मि, पर्यवेक्षक लगायत सम्पुर्णमा जिल्ला सुरक्षा समिति दाङकोतर्फवाट प्रजिअ श्रेष्ठले धनयवाद एंव आभार प्रकट गर्नु भएको छ । उहाले मतदान सम्पन्न भएका मतदान केन्द्रहरुवाट अहिले घोराहीको पद्मोदय उमाविमा मतपेटिका ल्याउनेक्रम चलिरहेको जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्