तुलसीपुरमा प्रहरीद्धारा हवाई फाएर




सैघाली खबर
दाङ , २१ मंसिर । तुलसीपुरमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । तुलसीपुरको अरनीको मैदानस्थित मतदान केन्द्रमा जवरजस्ती दुईजना युवाहरु प्रवेश गर्न थालेपछि बिहिबार शाझ उनीहरुलाई नियन्त्रणमा लिनका लागि हवाई फायर गर्नु परेको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं एसपी दुर्गा सिंहका अनुसार दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनु भएको छ।

पक्राउ पर्नेमा लिला विक र घनश्याम नेपाली रहेको जानकारी दिनुभयो । जवरजस्ती मतपेटी सङ्कल गरिएको अरनीको मैदान भित्र प्रवेश गर्न खोजेको, डिउटीमा रहेको प्रहरीलाई हातपात गरेको हुँदा चेतावनी स्वरुप हवाई फायर गरेको एसपी सिंहले बताउनुभयो । ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी सुधिरराज शाहीले प्रहरीलाई धक्याएर हातपात गरेपछि चेतावनी स्वरुप हवाई फायर गर्नु परेको बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्