रुकुम पूर्वको मतगणना सम्पन्न,तीनवटै सिटमा बामगठबन्धन विजयी



सैघाली खबर,
रुकुम २२ मंसिर।
रुकुम पूर्वको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रत्यक्षतर्फका तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । बिहीबार साँझ ५ बजेबाट सुरु भएको मतगनणा शुक्रबार विहान सम्पन्न भएको हो ।

प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी महिला नेतृ तथा पूर्व मन्त्री कमला रोका र प्रदेश सभा ‘क’ मा माओवादी केन्द्रकै तेजबहादुर खाम यस अघि नै विजयी भैसकेका छन् भने भर्खरै सम्पन्न मतगनणा अनुसार प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रकै पुर्ण बहादुर घर्ती विजयी हुनु भएको छ।

कुल मतदाता १४ हजार २५ जना रहेको रुकुम पूर्वको ‘ख’ मा ५ हजार ८ सय १६ मत ल्याएर पुर्णबहादुर घर्ती विजयी हुनु भएको छ भने उहाका मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १ सय ११ मत ल्याउनु भएको छ। संयुक्त वाम गठबन्धन र नेपाली कांग्रेसले मात्रै उम्मेदवारी दर्ता गराएको यस निर्वाचन क्षेत्रमा यी दुई दल बीच नै प्रतिस्पर्धा भएको थियो ।

यस क्षेत्रमा ९ हजार १ सय २७ मत खसेको थियो भने यसमध्ये ८ हजार ९ सय २७ सत सदर हुदाँ ३ सय मत बदर भएको छ । यससंगै रुकुम पूर्वमा प्रतिनिधीसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगनणा सकिएको छ । समानुपातिक तर्फको मतगनणा भोली बिहानबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले जानकारी दिनु भएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्