दाङ क्षेत्र नं २ मा राजु खनाल भन्दा महरा १४ सय १८ मतले अगाडी



सैघाली खबर
दाङ, २२ मंसिर । दाङ क्षेत्र नंं.२ मा पनि वाम गठवन्धनले अग्रता कायम राख्दै आईरहेको छ । वाम गठवन्धनका कृष्ण वहादुर महराले ४ हजार ६ सय ५१ मत प्राप्त गर्नुभएको छ । भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका राजु खनालले ३ हजार २ सय ३३ मत प्राप्त गर्नुभएको छ ।महराले खनाललाई १ हजार ४ सय १८ मतले काँग्रेसका राजु खनाललाई पछि पार्नुभएको छ । भने त्यस्तै प्रदेश सभा सदस्य तर्फ पनि गठवन्धनले अग्रता कायम गरेको छ । प्रदेश सभा सदस्य १ का उम्मेदवार शंकर पोख्रेलले ५ हजार ४ सय ६९ प्राप्त गर्नुभएकाृे छ । भने उहाँका प्रति नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले २ हजार ९ सय २९ मत प्राप्त गर्नुभएको छ । अमर वहादुर डाँगीले ५ हजार १सय ९६ र उहाँका प्रतिपस्र्धी नेपाली काँग्रेसका भरत वहादुर न्यौपाने २ हजार ९ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्